IME Life New

बैंकिङ प्रणालीमा दैनिकजसो बढ्दै निक्षेप, ३% तल झर्यो अन्तरबैंक ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप थपिने क्रम जारी नै रहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। यो गत फागुन १४ गतेको तथ्यांक हो।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप फागुन १३ गतेसम्म ६१ खर्ब ५६ अर्ब रुपैयाँ रहेको थियो। फागुन १४ मा बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको थियो। योसँगै वाणिज्य बैंकहरुको मात्रै निक्षेप २ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ४५ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

यसैगरी फागुन १४ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ३ अर्ब रुपैयाँ बढेर ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५० खर्ब ८४ अर्ब रुपैयाँ थियो।

फागुन १४ मा बैंकहरुको औसत सीडी रेसियो ८०.२४ प्रतिशत रहेको छ। अघिल्लो दिन औसत सीडी रेसियो ८०.१६ प्रतिशत थियो। सीडी रेसियो थोरै बढेको छ।

अन्तरबैंक ब्याजदर भने फागुन १४ मा २.७३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS