IME Life New

बैंकिङ प्रणालीबाट थप रु. १० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार बोलकबोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंगलबार फेरि बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्ने भएको छ।

केन्द्रीय बैंकले भोलि पुस ३ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको हो । यसका लागि भोलि २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

Esewa
Crest

१४ दिने यो निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पुसमा यो दोस्रोपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। यसअघि पुस १ गते यो उपकरण प्रयोग गरी राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS