IME Life New

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. ९२ अर्ब, सीडी रेसियो पनि ८०% माथि उक्लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैपटक ९२ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट चैत २० गते एकैदिन ९२ अर्ब रुपैयाँ बाहिरिएको हो।

तथ्यांकअनुसार चैत २० मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन चैत १९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। अर्थ मन्त्रालयले निर्देशनमा केही दिनअघि वाणिज्य बैंकहरुले निक्षेप रुपमा गणना गर्दै आएको स्थानीय तहको पैसा रोकेको थियो। योसँगै वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्दै आएको स्थानीय तहको ९६ अर्ब रुपैयाँ राष्ट्र बैंकले तोकेको थियो। सोही कारण एकैदिन यति धेरै निक्षेप बाहिरिएको हो।

Esewa
Crest

चैत २० मा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ९१ अर्ब रुपैयाँले घटेर ५३ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रुपैयाँ थियो।

चैत २० सम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो दिन पनि बैंकहरुको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ नै रहेको थियो।

ठूलो परिमाण निक्षेप बाहिरिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो चैत २० बढेर ८०.८६ प्रतिशत र अन्तरबैंक ब्याजदर ३.५३ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.६९ प्रतिशत र अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

22%
sad

दु :खी

22%
amazed

अचम्मित

22%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS