IME Life New

बैंकास्योरेन्स: बैंक र बीमा कम्पनीको साझा स्वार्थ, मारमा एजेन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यतिबेला बैंकास्योरेन्स निकै चर्चा छ । नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा बैंकास्योरेन्स खुल्ला हुनेमा बैंकहरु ढुक्का देखिएका छन् भने बीमा अभिकर्ताहरु भने बैंकास्योरेन्स खुल्ला गरिएमा १९ वटै बीमा कम्पनीको बीमा शुल्क संकलन ठप्प पारेर सम्झौताहिन आन्दोलन गर्ने रणनीतिमा छन् ।

नेपाल राष्ट्र बैंक समेत यस पटक बैंकास्योरेन्स खुल्ला गर्ने मनस्थितिमा देखिएको छ । बाणिज्य बैंक र विकास बैंकहरुको छाता संगठनले राष्ट्र बैंकलाई बैंकास्योरेन्स खुल्ला गर्न लिखित सुझाव नै दिएको छ भने केही बीमा कम्पनीका अधिकारीहरुले समेत बैंकास्योरेन्स खुल्ला गर्नुपक्षमा लविङमा छन् ।

Esewa
Crest

बैंकास्योरेन्स बैंक र बीमा कम्पनी दुवैका लागि फाइदा हुने भएकोले साझा हितका लागि बैंक र बीमा कम्पनीहरुले लविङ गरिरहेका छन् । कोर बैंकिङको सिद्धान्तले अन्य व्यवसाय गर्नु अनैतिक हो । तर, नेपाली बैंकहरु ‘कोर बैंकिङ’ को ब्राण्ड भन्दा पनि प्रतिफलका लागि जे पनि गर्ने रुपमा चिनिन्छन् । अहिले पनि बैंकहरुले सुनको कारोबारदेखि शेयर खरिद बिक्री गर्ने कम्पनी खोलेर शेयर कारोबार सम्म गरिरहेका छन् । अब बीमा कम्पनीको एजेन्ट बनेर बीमाको व्यवसाय गर्न पाउनुपर्ने उनीहरुको माग हो ।

बैंकास्योरेन्समा बीमा कम्पनीहरुलाई दोहोरो लेयरमा कमिशन वितरण गर्नु नपर्ने, अभिकर्ताहरुलाई व्यक्तिगत रुपमा डिल गर्नुको साटो एकमुष्ठ व्यवसायको लागि बैंकसँग डिल गरे हुने । किस्ता तिर्न नसकी बीमितको पोलिसी दुई वर्षभित्रै ल्याप्स भएमा जोखिम बहन गर्नुनपर्ने लगायतका धेरैकोणबाट बीमा कम्पनीहरुले समेत फाइदा हेर्न थालेका लगायतका धेरैकोणबाट बीमा कम्पनीहरुले समेत फाइदा हेर्न थालेका छन् ।

यसमा बीमा कम्पनीको पनि हित जोडिएपछि साझा हितका लागि बैंक र बीमा कम्पनी एकजुट भएर राष्ट्र बैंकलाई दवाव दिएर बैंकास्योरेन्स खुल्ला गर्न लागिएको हो । तर, विश्लेषकहरुले भने नैकिकता हेर्नुपर्ने सुझाव दिन्छन् । बैंकले कोर बैंकिङ छोडेर कमिशनका लागि एजेन्ट समेत बनेर काम गर्नु गलत भएको बताउँन् । त्यस्तै बैकास्योरेन्सका कारण अहिले बीमाप्रति जागृह भएको उत्साह, विश्वास र समर्थन गल्र्याम्मै ढलेर भोलिका दिनमा बीमा भनेर बजारमा निस्कनै नसक्ने अवस्था आउनसक्ने जोखिम समेत देखिएको छ ।

सर्वत्र चासो र प्रतिक्षाको विषय बनेको बैंकास्योरेन्सबारे अभिकर्ताहरु समेत निकै चनाखोपूर्वक प्रतिक्षा गरिरहेका छन् । अभिकर्ताहरुले लाखौं युवाको रोजगारी खोस्ने काम सरकारले नगर्नेमा ढुक्क छन् । उता, बैंकहरु बैंकास्योरेन्स खुल्नेमा ढुक्क यता अभिकर्ताहरु बैंकास्यारेन्स नखुल्नेमा ढुक्क । प्रतिक्षा मौद्रिक नीतिको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS