IME Life New

बैंकास्योरेन्स खोल्ने प्रयासविरुद्ध अभिकर्ता संघको विरोध, राष्ट्र बैंकमा ज्ञापनपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले आगामी आर्थिक वर्षका लागि जारी गरिने मौद्रिक नीतिमा बैंकास्योरेन्स खुल्ला गर्न दवाव दिइरहेका बेला पेशागत बीमा अभिकर्ता संघले भने बैंकास्योरेन्स खोल्ने प्रयासको विरोध गरेको छ ।

पेशागत बीमा अभिकर्ता संघले हिजो नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएर बैंकास्योरेन्स खोल्न नहुने सुझाव पेश गरेको हो । संघका अध्यक्ष नन्द प्रसाद तिवारीले मौद्रिक नीतिमा समेटिनुपर्ने १० बुँदे ज्ञापनपत्र बुझाइएको बताए । उनले यस पटकको ज्ञापन पत्र बैंकास्योरेन्समा केन्द्रीत रहेको समेत बताए ।

Esewa
Crest

संघले ज्ञापन पत्रमा बैंक र बीमा कम्पनीहरुको अलग अलग कार्यक्षेत्र भएकोले अतिक्रमण गर्ने गरी बैंकास्योरेन्स खुल्ला नगर्न आग्रह गरिएको छ । त्यस्तै, बैंकहरुले बचतकर्ताहरुको खातामा भएको रकम चेकजाँच गरी खाता पैसा भएकाहरुलाई टेलिफोन गरेर बीमा गर्न बोलाउने गरेको र जसका कारण सिंगो बैंकिङ क्षेत्र नै धरापमा पर्न सक्ने औल्याइएको छ । त्यस्तै, ज्ञापन पत्रमा बीमा प्राविधिक विषय भएकोले बैंकमार्फत गर्दा सम्पत्ति मूल्याङ्कन लगाएत विश्वव्यापी मान्यताहरु अप्ठेरोमा पर्नेतर्फ सचेत हुन भनिएको छ ।

बैंकास्योरेन्सको प्रलोभनमा बैंकहरुले बीमा कम्पनीहरुलाई मुद्दति निक्षेपका लागि बार्गेनिङ गरेर दुःख दिएको बताउँदै आगामी मौद्रिक नीतिमा बैंकास्योरेन्स नखोल्न आग्रह गरिएकोछ ।

अध्यक्ष तिवारीले बैंकास्योरेन्स खुल्ला गरिए देशैभरिका पाँच लाख अभिकर्ताहरु सडकमा आउनुको विकल्प नभएको बताएका छन् । उनले भने, ‘हामीले नेपाल राष्ट्र बैंक समक्ष बैंकास्योरेन्स खुल्ला नगर्न आग्रह गरेका छौं, जबरजस्ती गरिए, बीमा संकलन रोकेर सडक आन्दोलनमा होमिन बाध्य हुन्छौं ।’

बैंक तथा वित्तीय संस्था सम्बद्ध संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकास्योरेन्स खुल्ला गर्नुपर्ने माग गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका कतिपय अधिकारीहरु समेत बैंकास्योरेन्स खुल्ला गर्नुपर्ने अडानमा छन् । यस्तो अवस्थामा संघले विरोध जनाएको हो । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सम्भवतः यही साता आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS