IME Life New

बैंकास्योरेन्सको बिरुद्धमा उत्रियो बीमा अभिकर्ता संघ, बैंकहरुले क्षेत्राधिकार मिचेको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दाङ, १५ वैशाख । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय सचिव ऋषिराम भुसालले बैंकबाट गरिने बीमाहरु/बैंकास्योरेन्स सेवा तत्काल बन्द गरिनु पर्ने बताउनुभएको छ । शनिबार पेशागत बीमा अभिकर्ता संघ नेपाल दाङको चौथो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भुसालले बीमाको क्षेत्राधिकार मिचेर बीमा समितिले बैंकहरुलाई बीमाको अनुमति दिइरहेको बताउँदै तत्काल यो कार्य रोकिनुपर्ने बताउनुभयो ।

Esewa
Crest

कसैले पनि अर्काको क्षेत्राधिकार मिचेर काम गर्न नहुने बताउँदै भुसालले भन्नुभयो ‘हाम्रो क्षेत्राधिकार मिच्ने कार्य कदापि सैह्य छैन ।’ बीमा व्यवसाय र बैंकिङ व्यवसायको प्रकृति फरक भएका कारण बैंकले बिमितहरुलाई उचित सेवा दिन नसक्ने र उनीहरु जवाफदेही हुन नसक्ने बताउँदै बैंकबाट गरिने बीमा खारेज गरिनुपर्ने बताउनुभयो ।

साथै उहाँले २०४९ सालमा जारी भएको बीमा ऐन निकै पुरानो भएको र यसले समयसापेक्ष बीमाका सम्पूर्ण पक्षहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा यसको उचित संशोधन जरुरी रहेको बताउनुभयो । पेशागत बीमा अभिकर्तासंघले पेशागत हकहित एवं बिमितका सेवा सुविधाका बारेमा निकै महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उहाँले आगामी दिनमा अझ सशक्त रुपमा कार्य गर्न आग्रह गर्नुभयो । संघले बीमितले पाउने बोनस बृद्धि, सहज एवं छिटोछरितो सेवा प्रवाह लगायतका विषयमा बीमा कम्पनीसँग समन्वय गरेर अघि बढिरहेको उहाँले बताउनुभयो ।

संघका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार डा. लोकराज पराजुली, नेपाल लाइफ इन्स्योरेन्स दाङ शाखा प्रमुख वसन्त अधिकारी, तुलसीपुर उपशाखा प्रमुख यज्ञ पोख्रेल, लमही उपशाखा प्रमुख सरिता चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समितिका कोषाध्यक्ष हिमलाल खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रदीपबहादुर वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS