IME Life New

बैंकहरुको सीडी रेसियो ८०% भन्दा तल झर्यो, निक्षेप र कर्जा लगानी दुवै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशतभन्दा तल झरेको छ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै सीडी रेसियो पनि घट्न थालेको हो। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिर ३० गते बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.८९ प्रतिशतमा झरेको हो। अघिल्लो दिन मंसिर २९ गतेसम्म औसत सीडी रेसियो ८०.३४ प्रतिशत थियो।

Esewa
Crest

मंसिर ३० मा एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ६० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६० खर्ब १० अर्ब रुपैयाँ थियो।

बैंकहरुले मंसिर ३० गतेसम्म कुल ४९ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा १ अर्ब रुपैयाँले बढी हो।
बैंकहरुको अन्तरबैंक ब्याजदर भने २.७२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS