IME Life New

बैंकहरुको सीडी रेसियो ८०% भन्दा तल, अन्तरबैंक ब्याजदर फेरि ३% मुनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा अधिक तरलता बढेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा तल झरेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो पुस २० गते ७९.९५ प्रतिशत र पुस २१ गते ७९.९६ प्रतिशत रहेको छ। यसअघि औसत सीडी रेसियो ८० प्रतिशतभन्दा माथि रहेको थियो।

Esewa
Crest

पुस २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५० खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ। जसमा वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ५३ खर्ब ८५ अर्ब रुपैयाँ र कुल कर्जा लगानी ४४ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरुको अन्तरबैंक ब्याजदर भने फेरि ३ प्रतिशत तल झरेको छ। पुस २१ गतेसम्म २.८४ प्रतिशत रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल गएपछि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणाली पैसा तान्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS