IME Life New

बैंकलाई ब्रोकर लाईसेन्स दिन सके विष्णु पौडेललाई लाखौ लगानीकर्ताको साथ हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। हाल विष्णु पौडेल अर्थमन्त्री रहेकोमा नेपाली पुँजी बजारले पौडेललाई निकै मन पराँउदै आएको छ । पौडेल अर्थमन्त्री  हुँदा नेपाली पुँजी बजारले रेकर्ड बनाउँदै आएको छ । शेयर बजार सम्बन्धी नकारात्मक टिप्पणी नगर्ने र केही न केही सकारात्मक काम गरेर भए पनि लगानीकर्ताको मनोबल वृद्धि गर्ने काम अर्थमन्त्री पौडेलले गर्दै आएको छन् । निकै लामो समय सम्म पनि घट्न नसकेको ब्रोकर कमिशन अर्थमन्त्री पौडेलको एक निर्देशनमा घटेको थियो । लगानीकर्ताले सोचे जस्तो कमिसन नघटेपनि नेपाली शेयर बजारका लगानीकर्तालाई धेरै राहत पुगेको छ।

अब नेपाली लगानीकर्ताको प्रमुख माग भनेको वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने रहेको छ । नेपाली लगानीकर्ताले निकै लामो समय संघर्ष गरेर वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम अघि बढेको थियो र अर्थ समितिले समेत हरियो झण्डा देखाएको बेलामा धितोपत्र बोर्डबाट वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काममा केही ढिला सुस्ती भएको आरोप लगानीकर्ताले लगाँउदै आएका छन्।

Esewa
Crest

प्राथमिक बजारबाट करिव १० लाख धेरै लगानीकर्ताहरुको शेयर बजारमा प्रवेश भएकोमा लाखौ लगानीकर्ताको मन जित्न विष्णु पौडेल सफल हुने छन् ।

अहिले लगानीकर्ताहरुको माझ सर्वेक्षण गर्ने हो भने ८० प्रतिशत भन्दा धेरै लगानीकर्ताहरुले वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने पक्षमा आफ्नो मत दिने सम्भावना देखिन्छ । यसको अर्थ नेपाली शेयर बजारका लगानीकर्ताहरु कुन दिन बैंकले लाईसेन्स पाँउला भनेर बसेका छन् । साहेद वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएको दिन लगानीकर्ताले उत्सव नै मनाउने छन् , ठाउँ ठाउँमा खुशीयाली छाँउने छ।

अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर लाईसेन्स दिने विषयमा निर्देशन दिएमा वाणिज्य बैंकका सहायक कम्पनीले छिटै काम गर्न पाउने छन् । जसरी अर्थमन्त्रीको पहलमा छिटै ब्रोकर कमिसन घट्यो त्यसरी नै वाणिज्य बैंकका सहायक कम्पनीले पनि ब्रोकर लाईसेन्स पाउने सम्भावना छ ।

वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन सकेमा नेपाली लगानीकर्ता माझ विष्णु पौडेल लोकप्रिय नेता बन्ने अवसर हुने छ।  विष्णु पौडेलले बुटवल क्षेत्रबाट चुनावमा सहभागी हुने र बुटवल क्षेत्र शेयर बजारको हव बन्दै गएकोमा त्यस क्षेत्रमा विष्णु पौडेल प्रति लगानीकर्ताको हेर्ने माहोला अझै सकारात्मक हुने छ । बुटवलमा शेयर बजार आक्रामक रुपमा विस्तार हुँदै छ र बुटवलमै ५ वटा ब्रोकरले शेयर कारोवार सम्बन्धी सुविधा दिँदै आएका छन् ।

अहिले नेकपा भित्रको आन्तरिक किचलोले गर्दा जनताको नेकपा प्रतिको विश्वास घट्दो क्रममा रहेको र अर्थमन्त्री हुँदा लगानीकर्ताको मत जित्न सके विष्णु पोडेल समुहलाई नै फाईदा पुग्ने छ । प्राथमिक बजारबाट करिव १० लाख धेरै लगानीकर्ताहरुको शेयर बजारमा प्रवेश भएकोमा लाखौ लगानीकर्ताको मन जित्न विष्णु पौडेल सफल हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS