IME Life New

बैंकबाट कर्जा पाउन बीमा कम्पनी धाउँदै व्यापारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम कर्जा माग गरिरहेका व्यापारीहरु बीमा कम्पनीहरुमा धाउन बाध्य भएका छन् । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा नाघि सकेपनि ऋण बिस्तारको तुलनामा निक्षेप संकलन गर्न नसकेपछि बैंकहरुले अहिले ऋणीलाई नै निक्षेप संकलनको लागी अघोषित एजेण्टको रुपमा प्रयोग गरिरहेका छन् ।

व्यापारीहरुलाई व्यक्तिगत सम्बन्धको प्रयोग गरेरै वा अन्य जुनसुकै माध्यमबाट बीमा कम्पनीहरु , अझ जीवन बीमा कम्पनीहरुबाट मुद्दती निक्षेप ल्याउन बैंकरले दबाब दिइरहेका छन् ।

Esewa
Crest

मैले कर्जा लिइरहेको बैंकलाई दुई चार करोड भएपनि निक्षेप मिलाई दिनुपर्यो भन्दै दिनहुँजसो हाम्रो सप्लायर्सले नै अनुरोध गर्छन,,एक जीवन बीमा कम्पनीका प्रबन्धकले भने,बैंकले निक्षेप रोक्न वा नयाँ निक्षेप संकलन गर्न हर संभव पहल गरिरहेका छन् ।

नयाँ मुद्दती निक्षेप संकलन गर्न वा पुरानै निक्षेप नविकरण गर्नको लागी ऋणीलाई बीमा गराउनै पर्ने बाध्यतामा पारिरहेका छन् । ब्यांकासुरेन्स सेवा मार्फत् जबरजस्ती बीमालेख बिक्री गरेर बीमावापतको कमिशन प्राप्त गर्दै आएका बैंकरले अहिले पुनः पुरानै प्रवृति दोहोर्‍याएका हुन् ।

तर अभिकर्ताको रुपमा बैंकलाई अघि नसारेर कुनै व्यक्तिको नाममा जारी भएको अभिकर्ता कोडमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले कमिशन रकमबाट लाभ लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS