IME Life New

बैंकको अन्धाधुन्द लगानीमा राष्ट्र बैंकले आखाँ चिम्लिदा समस्या आयो : उमेशलाल श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबल रुपमा नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । ‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने खास खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रबाह हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘तर कोराना समयमा कर्जा प्रबाह नहुँदा बैंकले उद्योगी व्यवसायीलाई विना योजना सस्तो ब्याजदरमा ऋण दियो तर तत्कालिन समयमा हचुवाको भरमा लिएको ऋण सदुपयोग नहुँदा अहिले समस्या देखिएको छ ।’

विशेषगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको समेत उनले जानकारी दिए । ‘राष्ट्र बैंक नियामक निकाय भएपछि बैंक तथा वित्तीय संस्थाले केकस्ता क्षेत्रमा कर्जा प्रबाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो,’ उनले भने, ‘कोभिडको समयमा बैंकमा निक्षेप थुप्रिदा बैंकका कर्मचारीले घरघरमा पुगेर कर्जा दिए तर त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन् ।’ कोरोनापछि बैंकले गरेको लगानीका सहि सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धरासायी बन्न पुगेको समेत उनको भनाई थियो ।

Esewa
Crest

अहिले देशमा आर्थिक मन्दीका कारण समस्या आएको भन्दै सो विषयमा गहन अध्ययन हुनुपर्ने उनको भनाई थियो । ‘नेपाल राष्ट्र बैंकको अकर्मण्ड्यता र सरकारको अदुरदृष्टिको मार अहिले उद्योगी व्यवसायीले भोग्नु परेको छ,’ उनले भने, ‘हामीले कृषि क्षेत्रलाई उकास्न सहुलियतपूर्ण कर्जा दियौं तर त्यसको अर्थतन्त्रमा केकति योगदान भयो ? यस विषयमा सरकारले अध्ययन अनुसन्धान गर्नुपर्छ कि पर्दैन ?
यसैगरी समयको माग र साथीहरुको आग्रह अनुरुप पुनः महासंघको वरिष्ठ उपाध्यक्ष दावेदारी गरेर चुनावी मैदानमा आएको जानकारी दिँदै अब हुने निर्वाचतमा सहयोग गर्न आग्रह गरे । ‘म महासंघमा विगत ३० वर्षदेखि लागिरहेको छु भने यसअघि उपाध्यक्षमा चुनाव हारेपछि पनि जिल्ला नगरको समस्या बुझ्न प्रायजसो सबै जिल्लाको भ्रमण गरे भने विभिन्न बस्तुगत संघसँग पनि छलफल गरे,’ उनले भने, ‘अहिले पनि जिल्ला नगरका समस्या उस्तै छ तसर्थ उक्त समस्या समाधानका निमित्त वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएको छु ।’

सरकारले व्यवसायीका जायज मागलाई सम्बोधन नगर्दा आन्दोलनमा उत्रन परेको भन्दै यस विषयमा अबका दिनमा सबै सरोकारवालाहरु एक ठाउँमा बसेर छलफल गरेर निकास दिनुपर्ने उनको तर्क थियो । ‘हामीले ब्याजदरलगायत अन्य विषयलाई लिएर धेरै ज्ञापन पत्र बुझायौ भने सोही अनुरुप आन्दोलन पनि गरियो तर महासंघको आवाजलाई सकारले सुनेन,’ उनले भने, ‘पछिल्लो समय महासंघको साख गिरेका कारण सरकार लगायत सरोकारवाला निकायले हामीलाई वेवास्ता गरिररहेको छ ।’ महासंघको उक्त गिरेको साखलाई जोगाउँदै अझ दरिरो रुपमा अघि बढाउन आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको समेत उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS