IME Life New

बेष्ट फाइनान्सले आब्हान गर्यो साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्सले चैत्र ४ गते साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको हो ।

यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आथिृक वर्ष २०७७/०७८ को बार्षिक वित्तीय विवरण २०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS