IME Life New

बेलायती विमानस्थलमा रोबोट ब्यागेज ह्यान्डलर प्रयोग गर्दै ब्रिटिस एयरवेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्रिटिस एयरवेज र यसको मूल कम्पनीले पहिलोपटक बेलायतको विमानस्थलमा सेल्फ–ड्राइभिङ रोबोट ब्यागेज क्यारियरहरु प्रयोग गर्ने भएको छ। उड्डयन उद्योगमा कर्मचारी अभावका कारण बिटिस एयरवेजले सेल्फ–ड्राइभिङ रोबोट ब्यागेज क्यारियरहरु प्रयोग गर्ने भएको हो।

ब्रिटिस एयरवेजमा स्वामित्व राख्ने इन्टरनेसनल कन्सोलिडेटेड एयरलाइन्स ग्रुप (आईएजी)ले आगामी मे महिनामा ग्याटविक र सिनसिनाटी विमानस्थलहरुमा ड्राइभरलेस ब्यागेज टगहरु परिचालन गरिने जनाएको छ। यस्ता अटोनोमस भेहिकलहरुले टर्मिनल भवनहरुबाट पर्खिरहेका विमानहरुमा सामान कन्टेनरहरु लैजानेछन्। जहाँ उनीहरुलाई मानव–सञ्चालित लिफ्टहरु प्रयोग गरेर राखिनेछ।

Esewa
Crest

ब्रिटिस एयरवेजले यसअघि हिथ्रो विमानस्थलमा अटोनोमस भेहिकलहरुको परीक्षण गरिसकेको छ तर अब पहिलोपटक पूर्णकालीन सेवामा प्रवेश गराउने भएको हो। हाल ग्याटविकमा एउटामात्रै सेल्फ–ड्राइभिङ रोबोट प्रयोग गरिने र परीक्षण सफल भएमा यसको संख्या बढाइने ब्रिटिस एयरवेजले जनाएको छ।

यी सेल्फ–ड्राइभिङ रोबोट कभेन्ट्रीमा रहेको अरिगोले विकास गरेको हो। यो कम्पनीले महामारीको समयदेखि सिंगापुरको चांगी विमानस्थलमा आफ्नो फ्लिटको परीक्षण गरिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS