IME Life New

बेलायती उपप्रधानमन्त्री रावको राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बेलायती उपप्रधानमन्त्री डोमिनिक रावले पदबाट राजीनामा दिएका छन्।

पदीय दुरुपयोग उनले सरकारी अधिकारीहरुलाई धम्क्याएको भन्दै आलोचना भएपछि शुक्रबार प्रधानमन्त्री ऋषि सुनक समक्ष राजीनामा पेश गरेका हुन्।

Esewa
Crest

पछिल्लो छ महिनामा व्यक्तिगत आचरणबारे प्रश्न उठेपछि राजीनामा दिन बाध्य भएका प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको मन्त्री मण्डलका यीनि तेस्रो वरिष्ठ मन्त्री हुन् । प्रधानमन्त्री सुनकले आफ्नो टोलीको बलियो सदस्यलाई गुमाउनुपर्दा आउँदो  मे महिनामा स्थानीय चुनाव अघि आफ्नो कन्जरभेटिभ पार्टीको भाग्यलाई पुनर्जीवित गर्ने सुनकको प्रयासलाई ठूलो धक्का पुर्याएको छ। सुनकले गत अक्टोबरमा डाउनिंग स्ट्रीटमा प्रवेश गर्दा इमान्दारीताको सरकार बनाउने वाचा गरेकाले आफ्ना वरिष्ठ मन्त्रीहरुको बहिर्गमन उनका लागि लज्जास्पद भएको छ।

राबले विदेश मन्त्री हुँदा “डरलाग्दो” र “निरन्तर आक्रामक” हुँदै कार्य गरेको आरोप छ।

उनी प्रधानमन्त्री सुनकको नजिकको राजनीतिक सहयोगी थिए र उनले गत गर्मीमा प्रधानमन्त्री बन्न अभियान शुरु गर्न मद्दत गरेका थिए।

राबको व्यवहारबारे वकिल एडमको टोलीले पाँच महिनाको अनुसन्धानमा सरकारी अधिकारीहरूबाट तीन अलग-अलग समयमा दुर्व्यवहारको गुनासो गरेको प्रमाण फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS