IME Life New

बेलायतमा पढ्न जाने विद्यार्थीले अब आफूसँग आश्रित व्यक्ति लैजान नपाउने, सुनक सरकारले उठायो यस्तो कदम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशमा बढ्दो आप्रवासी संख्यालाई नियन्त्रण गर्न बेलायत सरकारले कडा भिसा नियम लागू गरेको छ। बेलायती गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भिसा नियमलाई कडाइ गर्नुको मुख्य उद्देश्य बेलायत प्रवेशका लागि विद्यार्थी भिसालाई पछाडिको ढोकाका रुपमा प्रयोग गर्न रोक्नु रहेको उल्लेख गरिएको छ। यो भिसा नियम लागू भएपछि हरेक वर्ष बेलायत जानेको संख्या १ लाख ४० हजारले घट्ने अनुमान छ।

रिपोर्टका अनुसार यो भिसा नियम गत वर्ष मेमा तत्कालीन गृह सचिव सुएला ब्रेभरम्यानले ल्याएका थिए। नयाँ नियमअनुसार बेलायतमा पढ्न जाने विद्यार्थीले आफूसँग आश्रित कुनै पनि व्यक्ति लैजान पाउने छैनन्। नयाँ भिसा नियमअनुसार यसलाई अव्यावहारिक अभ्यास भनिएको छ। आधिकारिक तथ्यांकअनुसार सन् २०१९ यता बेलायत जानेको संख्यामा ९३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

Esewa
Crest

नयाँ भिसा नियम लागू भएपछि यही महिनादेखि बेलायती विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीले पनि आफ्ना परिवारका सदस्यलाई लैजान पाउने छैनन्। यद्यपि, पोस्ट ग्रेजुएट रिसर्च कोर्स र गभर्मेन्ट फन्डेड स्कलरसिप पाउने विद्यार्थीले छुट पाउनेछन्। बेलायती गृह मन्त्रालयले भनेको छ, ‘सरकार आप्रवासी न्यूनीकरणका लागि बेलायती जनताप्रति प्रतिबद्ध छ। आप्रवासीको संख्या द्रुत गतिमा घटाउने उद्देश्यले हाम्रो सरकारले सीमा नियन्त्रण र अध्यागमन नियन्त्रणमा वृद्धि गरेको छ। यो नियम १ वर्षभित्र लागू हुनेछ।’

नयाँ नियमअनुसार विदेशी विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई बेलायत ल्याउने अनुचित प्रथा अन्त्य हुने विज्ञप्तिमा जनाइएको छ। ‘यसले बेलायत आउने संख्यामा तीव्र कमी ल्याउनेछ’, विज्ञप्तिमा उल्लेख छ।

ब्रिटिश अफिस फर नेसनल स्ट्याटिस्टिक्सका अनुसार सेप्टेम्बर २०२३ सम्म विद्यार्थीका आश्रितलाई १.५ लाखभन्दा बढी भिसा जारी गरिएको थियो। जुन सेप्टेम्बर २०१९ सम्मको तुलनामा धेरै हो। सन् २०१९ मा सोही अवधिमा १४ हजार भिसामात्र जारी भएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS