IME Life New

बुद्ध एयरको काठमाडौं – सुर्खेत उडान अब एटीआर ७२ जहाजबाट हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्ध एयरले आगामी डिसेम्बर १६ देखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । यात्रुको बढ्दो माग र सुविधालाई मध्यनजर गर्दै एटिआर ७२ को उडान सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

हाल यस रुटमा कम्पनीले एटीआर ४२ जहाजबाट उडान भर्दै आइरहेको छ । एटिआरमा सिट संख्याको उपलब्धता कम भएकोले यात्रुको माग अनुरुप एटिआर ७२ को उडान सुरु गर्न लागिएको कम्पनलिे जनाएको छ ।

Esewa
Crest

सानो जहाजको सञ्चालनमा खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष् प्रभाव पारेको छ । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउने कम्मपनीले जनाएको छ । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछ । यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजारबाट सुरु हुने र माग अनुसार दैनिक २ उडानसम्म भर्नेछ ।

कम्पनीका अनुसार डिसेम्बर १६ देखि दैनिक विहान १० बजे काठममाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौंको लागि जहाज उड्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS