IME Life New

बुद्धभुमी नेपालको आइपिओमा आवेदन दिने म्याद थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले भदौ १४ गते आज सार्वजनिक विदा परेको भन्दै आवेदन दिने म्याद एक दिनका लागि थप गरेको हो । गत साउन ३२ गतेदेखि निष्काशन गरिएको प्राथमिकमा आवेदन दिने आज अन्तिम दिन थियो । अव प्रभावित क्षेत्रका बासिन्दाले भोलिसम्म आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । प्रभावितले नुवाकोट जिल्लामा रहेका ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS