IME Life New

बुटवल पावर कम्पनीको लाभांश घोषणा, एफपीओ पनि ल्याउने, एजीएम आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार शेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Esewa
Crest

लाभांश पारित गर्न कम्पनीले आफ्नो ३२ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। सभाले यही पुस २८ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले उक्त आर्थिक वर्षमा विभिन्न संस्था तथा व्यक्तिलाई दिइएको आर्थिक सहयोग रकम ५ लाख ९९ हजार ३९४ रुपैयाँ अनुमोदन गर्नेछ।

कम्पनीले तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीमा र चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावरमा हस्तान्तरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS