IME Life New

बुटवल पावरको नाफा घट्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ४७ प्रतिशतले नाफा घटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५० करोड १८ लाख नाफा कमाएकोमा गत आर्थिक वर्षमा उक्त नाफा घटेर २६ करोड ३९ लाखमा झरेको छ ।

यस अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १९ प्रतिशत वृद्धि भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा विद्युत् विक्रीबापत ६४ करोड ६१ लाख आम्दानी गरेकोमा गत आर्थिक वर्षमा बढेर ७७ करोड ५० लाख पुगेको हो ।

Esewa
Crest

कम्पनीको चुक्तापूँजी ३ अर्ब २४ करोड रहेको छ भने जगेडामा ३ अर्ब ७४ करोड सञ्चित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको अन्य आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीको अन्य स्रोतमार्फत हुने आम्दानी अघिल्लो आर्थिक वर्षमा ६८ करोड ७७ लाख रहेकोमा गत आर्थिक वर्षमा ४ करोड २९ लाखमा सीमित भएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ८ रुपैयाँ १३ पैसामा झरेको हो । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS