IME Life New

बुटवलमा काकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । भलवारी जेसीजको आयोजना तथा स्मार्ट इन्भेस्टर ग्रुप बुटवल र नेपाल पूँजीबजार लगानीकर्ता संघको सहयोगमा आइतवार पूँजी बजारमा केन्द्रित हुँदै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइराला (काका) सँग आर्थिक र राजनीतिक वातावरणको पूँजी बजारमा प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुटवल क्षेत्रका शेयर लगानीकर्ताको सहभागिता थियो ।

Esewa
Crest

भलवारी जेसीजका अध्यक्ष जेसि माधब पाण्डेयकाे अध्यक्षतामा संचालित कार्यक्रमको संचालन जेसि मीन तिवारीले गरेका थिए भने कार्यक्रम संयोजनको भूमीकामा जेसि जीवन भट्टराई थिए ।

स्मार्ट इन्भेस्टर बुटवलका संयोजक इन्जिनियर छविन्द्र भट्टराईले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्नु पर्ने धारणा राखेका थिए । बुटवलका सक्रिय शेयर लगानीकर्ता यमलाल भट्टराईले राज्यको आर्थिक र राजनैतिक वातावरणले पूँजीबजारमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा सोही अनुसार लगानीकर्ताले लगानी गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, आर्यतारा ब्रोकर ५७ बुटवल शाखा प्रमुख टेकराज भट्टराईले बजारको बारेमा लगानीकर्ता सचेत रहनुपर्ने र अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुहुँदै यस क्षेत्रका लगानीकर्तालाई आफ्नो तर्फबाट दिनुपर्ने सुविधामा कमी नहुने जानकारी गराएका थिए ।

भलवारी जेसीजले नेतृत्व विकास, व्यवसायिक विकास, सामाजिक उत्तरदायित्व र अन्तराष्ट्रिय अवसरका क्षेत्रमा कार्य गर्दै आएको छ । वर्तमान अवस्थामा युवाहरुको पूँजीबजारमा उपस्थिति बलियो रहेको हुँदा सुरक्षित लगानीका लागी सचेत गराउन यस कार्यक्रमको आयोजना गरिएको भलवारी जेसीज अध्यक्ष माधब पाण्डेयले जानकारी गराउँदै आगामी दिनमा यस प्रकारका कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS