IME Life New

बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनका लागि सर्वाेत्तम सिमेण्टले पायो स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेण्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनको लागि नेपाल धिताेपत्र बोर्डबाट स्वीकृती पाएको छ। बोर्डले प्रतिकित्ता ४०१ रुपैयाँका दरले बुक विल्डिङ विधिबाट शेयर निष्काशनको लागि म‌ंगलबार स्वीकृती दिएको हाे ।

धिताेपत्र बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल पुरा हुन तीन महिना बाँकी छँदा सर्वाेत्तमले आइपिओ निष्काशनको स्वीकृती पाएको छ।

Esewa
Crest

बुक विल्डिङ विधिबाट शेयर निष्काशनको स्वीकृती हात पार्नका लागी धिताेपत्र बोर्डको तत्कालीन अध्यक्ष भीष्म ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई भित्रि काराेबारमार्फत् ‘गोल्डेन शेयर’ वितरण गरेको खुलासा पछि शेयर निष्काशन स्थगत भएको थियाे । सर्वोत्तम सिमेण्टले २०७७ साल चैत्र महिनामै बुक विल्डिङ विधिबाट प्रतिकित्ता ७५० रुपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । पहिलाे चरणको प्रयास विवादित बनेपछि सिमेण्टले आइपीओ निष्काशन गर्न पुनः २०७९ असार २८ गते निवेदन बोर्डमा दिएको थियो ।

सिमेण्टले चुक्ता पूँजीको १५ प्रतिशत शेयर बिक्री गर्नका लागि स्वीकृती पाएको हो । यसले ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ। यो मध्ये स‌ंस्थागत लगानीकर्ताका लागी २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र सर्वसाधरणका लागि २५ लाख कित्ता छुट्ट्याएको छ । शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

बुक विल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने संगठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकले संस्थाको आधारभूत पक्ष तथा बजारको अवस्थाको विश्लेषण गरी निष्काशन मूल्य वा मूल्य सीमा तय गरिन्छ । लगानीकर्ताले तोकिएको मूल्य सीमा भित्र धितोपत्र खरिदका लागि बोलकबोल गर्न पाउनेछन् । सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई ‘कट अफ प्राइस’ मानी उक्त मूल्य र सो भन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS