IME Life New

बीरगञ्ज महानगरपालिकामा बीमा समिति, कर छुटको दायरा बढाउन मेयरको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको आयोजनामा मंगलबार बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, शिक्षक, संचारकर्मी लगायत गरी ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडा वडामा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याए । उनले महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि १५ लाख रुपैयाँ छुट्याएको तर बीमासम्बन्धी जानकारीको अभावमा उक्त  रकम उपयोगमा नआएको बताए ।

प्रमुख सरावगीले कृषि बीमा लागतमा मात्र आधारित नभई बाली काटेपछि समेतको सबै सुविधा सहित आएमा कृषि बीमाप्रति आकर्षण बढ्ने उल्लेख गर्दै जोखिम विश्लेषण गरेर बीमाको प्रिमियम तोक्नु पर्ने र २५ हजार रुपैयाँ छूटको दायरा बढाउनुपर्ने विचार व्यक्त गरेका थिए ।

साथै, उनले कृषि बीमाको प्रिमियममा अनुदान दिए जस्तै निजी सम्पत्ति बीमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बीमा प्रिमियम संकलन तथा बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउए । परम्परागत बीमालेखको सट्टामा हालको आवश्यकता अनुसारको बीमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बीमा सर्भेयरलाई कारवाही गर्न र शहरी क्षेत्रमा मात्र सिमित नभई गाउँ टोलसम्म बीमा कम्पनीहरु अनिवार्यरुपमा जाने व्यवस्था गर्न बीमा समितिसँग उनले आग्रह गरे ।

प्रमुख सरावगीले बीमासम्बन्धी नीति निर्माणमा महानगरपालिकालाई सहयोग गर्न र नगरपालिका महासंघका पदाधिकारीहरुसँग समेत बीमासम्बन्धी अन्तरक्रिया गर्न आग्रह गरेका छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले देशमा बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरुबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष सिलवालले जेष्ठ नागरिकहरुलाई समेत बीमाको दायरामा ल्याउन महानगरसँग आग्रह  गर्नुहुँदै बीमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए ।

उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिदै बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छी सहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याउदै नगरपालिका महासँघ र गाउँपालिका महासंघसँग पनि बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बीमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष लगायत सहभागीहरुले बीमा कम्पनीहरुले प्रलोभन देखाएर बीमा गर्ने तर बीमा दाबी भुक्तानी नदिने गरेको, बीमा शिक्षाको अभाव भएको, धेरै कमिशन दिने धनी व्यक्तिको बीमा गराउन बीमा अभिकर्ता तथा एजेन्ट जाने तर न्यून आय भएका विपन्न बर्गलाई भने वास्ता नगर्ने गरेको गुनासो गरे । साथै, उनिहरुले जेष्ठ नागरिकका लागि बीमाको छुट्टै व्यवस्था गर्न, बीमालेखका सेवा शर्तलाई सरल एवम् छोटो बनाउन, स्वास्थ्य बीमामा देखिएका विसंगति हटाउन र वडा वडामा बीमासम्बन्धी चेतनामूलक कार्यक्रमहरु आयोजना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS