IME Life New

बीमितलाई झुक्याउँदै वार्षिक अग्रिम भुक्तानी बीमा योजना बेच्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुमा धमिरा झैं फैलिएको वार्षिक अग्रिम भुक्तानी बीमालेख बीमितलाई झुक्याएर बिक्री गरेको पाइएको छ । जीवन बीमा कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितलाई गलत जानकारी दिएर यो बीमालेख भिडाइ रहेका हुन् । यो बीमालेखको विशेषताबारे ढिलो गरी जानकारी पाएका पीडित बीमितका अनुसार वार्षिकरुपमा फिर्ता पाइने रकमबारे अभिकर्ताले जानकारी नै दिएका थिएनन् । बीमालेखको प्रस्ताव फारम भर्ने समयमा नै बीमितको जानकारी बिना नै दोश्रो किस्ता तिर्ने समयदेखि बीमा अवधिभर वार्षिक अग्रिमरुपमा प्राप्त हुने बीमांकको रकमलाई बीमाशुल्कमा समायोजन गर्ने निवेदनमा हस्ताक्षर गराएर धोका दिइ रहेका छन् ।

उनीहरुले बीमा बेच्ने बेलामा पहिलो वर्ष रु. ७५ हजार तिर्नु परेपनि दोश्रो वर्षदेखि रु. ५० हजार छुट हुने र रु. २५ हजार मात्र तिर्नुपर्ने भनेका थिए,एकजना पीडित बीमितले गुनासो गर्दै भने, अनलाइनबाट दोश्रो किस्ता तिर्न खोज्दा लिएन, (बीमा) अफिसमै पुगेपछि मात्र कुनै छुट सुट होइन, बीमाको ५ प्रतिशत रकम अग्रिम फिर्ता पाइने रकमलाई किस्तामा समायोजन गरिएको थाहा पाउँदा छानाबाट खसे झैं भो । ती पीडितले थप्दै भने, बीमा बेच्दा मलाई छोटो समयको स्किम हो, तुरुन्तै बीमा नगरे छुट पाइदैन भनेर लोभ्यायो ।

Esewa
Crest

                                                         वार्षिक अग्रिम भुक्तानी बीमा योजना
साँचो के हो ? 
१.दोश्रो वर्षदेखि प्रत्येक वर्ष बीमांकको ५ प्रतिशत रकम फिर्ता पाइन्छ।

२.बीमा अवधि पुरा भएपछि बोनश रकम र बीमांकको पाँच पाँच प्रतिशतवापत पहिले नै पाइसकेको रकम कट्टा गरेर बाँकी रहने बीमांकको अंशवापतको रकम मात्र फिर्ता पाइन्छ।

३. यो बीमा योजना खर्चिलो भएकाले बोनश दर सबैभन्दा न्यून हुनेछ । वार्षिक अग्रिम भुक्तानी बीमा योजनाकै कारण केही लाईफ इन्स्योरेन्सको बोनश दर एकदमै कमजोर हुन पुगेको छ । अन्य केही जीवन बीमा कम्पनीको पनि बोनश दर खराब हुने संभावना उच्च छ ।

४. बीमा समितिले औपचारिकरुपमा रोक नलगाउँदा सम्म वार्षिक धन फिर्ता बीमा योजना उपलब्ध रहनेछ ।

 झूठो के हो ?

१.दोश्रो वर्षदेखि बीमाशुल्कको किस्तामा ६० प्रतिशतभन्दा बढी छुट पाइन्छ।

२.बीमा अवधि पुरा भएपछि बीमांकको दोब्बर रकम भुक्तानी पाइन्छ।

३.बीमांक रकम बराबर नै हुने गरी एकदम राम्रो बोनश पाइन्छ ।

४. नयाँ वर्ष वा कुनै विशेष समयको लागी मात्र यो बीमा योजना ल्याइएको होइन । अभिकर्ताले बीमाशुल्कमा छुटको झूठो आश्वासन दिएमा नफस्नु होला ।

 

वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा बीमांक रकमको पाँच–पाँच प्रतिशतको दरले प्रत्येक वर्ष फिर्ता हुने भएकाले बीमा अवधि पुरा भएपछि बीमितले पहिले पाएको सबै रकम कटाएर बाँकी रहने रकम र बोनश रकम मात्र भुक्तानी गर्ने प्रावधान रहेको छ । बीमा अभिकर्ताहरुले बीमाशुल्कमा ६५ प्रतिशतभन्दा बढी छुट दिइने र बीमा अवधि पुरा भएपछि बीमांकको डब्बल रकम फिर्ता पाइने भन्दै वार्षिक अग्रिम भुक्तानी बीमा बिक्री गरिरहेका छन् । वार्षिक अग्रिम भुक्तानी, वार्षिक धन फिर्ता, वार्षिक धनलाभ, वार्षिक धनवर्षालगायत नामबाट यो बीमालेख अहिले नेपाली बजारमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS