IME Life New

बीमा सम्बन्धी तीन दिने अन्तराष्ट्रिय सम्मेलन गर्दै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन दिने बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणले यहि जेठ २५, २६ र २७ गते अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारिले बताइन् । उनका अनुसार सार्क मुलुक लगायत अन्य मुलुकलाई पनि सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाइसकेको छ ।

‘एशियन इन्स्योरेन्स मिट बिल्डिङ रेजिलेन्स अफ इन्स्योरेन्स टुवार्ड्स इमरजीङ रिस्क’ विषयमा आधारित भई काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनमा बाह्य देशका बैंक, बीमा तथा वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीहरुको उपस्थिति रहने निर्देशक ढुङ्गेल अधिकारिको भनाई छ । उनका अनुसार नेपालबाट भने बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, बीमा विज्ञ तथा मध्यस्थकर्ताको सहभागीता रहने छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सममेलनमा पहिलो दिन नियामक निकायको छलफल अन्तरक्रिया तथा प्रस्तुतीकरण रहनेछ । दोस्रो र तेस्रो दिनको प्यानल डिसकसन, अन्तरक्रिया तथा प्रस्तुतीकरणमा भने बीमक, बीमा विज्ञ तथा बीमा सम्बन्धी धेरैभन्दा धेरै व्यक्तिहरुलाई उपस्थित गराउने प्राधिकरणको योजना रहेको उनले बताइन् ।

Esewa
Crest

सम्मेलनमा बीमा क्षेत्रसम्बन्धी समग्र विषयमा कार्यपत्र प्रस्तुती एवम छलफल गरिनेछ । सहभागीहरुबीच यस क्षेत्रको अनुभव आदानप्रदान, जलवायु परिवर्तनको यसको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायको कामकारबाही, चुनौती तथा बीमा क्षेत्रको दिगो विकासका लागि चाल्नुपर्ने कदमबारे छलफल गरिने जनाएको छ । सम्मेलनमा सह–आयोजकको रुपमा भने इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स, एशियाली विकास बैंक र एसेस टु इन्स्योरेन्स इनिसिएटिभ रहेका छन् ।

सम्भवत प्राधिकरणले यस्ता खालका सम्मेलनहरु आयोजना गरिरहेको हुन्छ । यस पटकको सम्मेलनमा भने प्राधिकरणले ल्याएको नयाँ ऐनलाई अनतराष्ट्रिय सम्बन्धन प्रदान गर्ने उदेश्य रहेको निर्देशक पुजन ढुङ्गेल अधिकारीले बताइन् । यसका साथै विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी हुन प्रतिनिधि आउँदै गर्दा देशको बीमा क्षेत्रसँगै पर्यटन क्षेत्र, आर्थिक आम्दानी लगाएतको क्षेत्रमा समेत टेव पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS