IME Life New

बीमा समिति सुदुरपश्चिम प्रदेशद्वारा लालझाडी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । बीमा समिति सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीबाट कंचनपुर जिल्लाको लालझाडी गाँउपालिकामा मिति २०७९भदौ ३१ शुक्रबार स्थानिय तहसँग बीमा समिति बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बीमा समितिको सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने प्रमुख आतित्थ्यता लालझाडी गाउँपालिका वडा न। २ का वडाध्यक्ष आशाराम रानाले गरेका थिए । त्यसैगरी बिशेष अतिथिको रुपमा लालझाडी गाउँपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भट्ट तथा अतिथिका रुपमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाका प्रबन्धक सागर बम रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तब्य बीमा समिति सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, बिभिन्न कृषि सहकारीका प्रतिनिधिहरु, महिला सहकारीका प्रतिनिधिहरु, पत्रकार र कृषकहरु सहभागी भएका थिए । ९० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा बीमा समिति सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख अधिकारीले बीमा समितिको परिचय, बीमाको परिभाषा तथा महत्वको साथै कृषि पशुपन्छी तथा लाघुबीमाका बारेमा प्रस्तुति दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागि जनप्रतिनिधिहरु तथा कृषि सहकारीका सदस्यहरु, अगुवा कृषकहरु, कृषि प्राबिधिकका साथै अन्य सरोकारवालाहरुले आ आफ्ना जिज्ञासा राखेका थिए भने उक्त जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए । कृषि तथा पशुपन्छी बीमा सम्बन्धी जिज्ञाशाको जवाफ नेपाल इन्स्योरेन्स कम्पनी धनगढी शाखाका प्रबन्धक सागर बमले दिएका थिए । उनले कृषि, पशुपन्छी तथा जडिबुटीको बीमा गर्दा लाग्ने बीमाशुल्कमा नेपाल सरकारले ८० प्रतिशत अनुदानको ब्यबस्था गरेको हुदा सबैलाई बीमा गर्न अनुरोध गरेका थिए । अधिकारीले लालझाडी गाउँपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत तथा जनप्रतिनिधिहरु समक्ष गाउँपालिकाबाट पनि बीमाको बिकासमा सहयोग पुर्याउन बिभिन्न बीमाका योजनाहरु ल्याई अनुदानको व्यवस्था समेत गरि गाउँपालिका भित्र बसोबास गर्ने मानिसहरुलाई सेवा सुबिधा प्रदान गर्न अनुरोध गरेका थिए ।

न्यून आय भएका तथा पिछडिएका बर्गका मानिसहरुमा बीमाको दायरामा ल्याउन सरकारले आ.व. ०७९र८० को बजेट वक्तव्यमा लघुबीमा कम्पनी स्थापना गर्ने कुरा उल्लेख भएको हुदा त्यसलाई कार्यन्वयन गर्ने क्रममा बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नका लागि प्रस्ताब आव्हान गरिएको र अब लघुबीमा कम्पनी पनि स्थापना हुने कुरा बताएका थिए ।

साथै कार्यक्रममा लालझाडी गाउँपालिका वडा न. २ का वडाध्यक्ष आशाराम रानाले बीमा समितिको सुदुर पश्चिम प्रदेश कार्यालयले बीमा सम्बन्धी कार्यक्रम यस गाउँपालिकामा संचालन गरेकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिए । उनले यस गाउँपालिका भित्र रहेका किसानले आफ्नो जीवनको बीमा तथा सम्पत्तिको बीमा गरेर सुरक्षित हुनको लागि आग्रह गर्दै यस गाउपालिकाबाट पनि अनुदानको व्यवस्था गर्न आफुले पहल गर्ने कुरा राखे ।

अन्तमा, बीमा समितिका सुदुर पश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS