IME Life New

बीमा समिति सुदुरपश्चिम प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालयले दशैंको पुर्वसन्ध्यामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिको सुदुरपश्चिम प्रदेश कार्यालको आयोजनामा आज विजयादशमी, शुभदिपावली तथा छठ पर्वको शुभअबसरमा बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

शुभकामना तथा अन्तरक्रिया कार्यक्रम बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी तथा सहायक निर्देशक दिपक ज्ञवालीको उपस्थितिमा सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले बीमा समिति सुदुरपश्चिम प्रदेश कार्यालय उद्घाटन समारोहलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद सहित विजयादशमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना दिएका थिए ।

त्यस्तै, सोही कार्यक्रममा सहायक निर्देशक दिपक ज्ञवालीले सहभागीहरु सबैलाई स्वागत गर्दै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए भने प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले पुनः सबैलाई शुभकामना दिएर कार्यक्रमको समापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS