IME Life New

बीमा समितिले अभिकर्ताको तालिम संचालन नगर्दा ‘संस्थागत अभिकर्ता’को लाइसेन्समा समस्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति आफैले बीमा अभिकर्ताको लाइसेन्स नदिदा संस्थागत अभिकर्ताको लाइसेन्समा समस्या देखिएको छ । संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ को दाफा ३ को ‘क’मा संस्थाको मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तिमा एक जनाले समिति वा बीमा कम्पनीले सञ्चालन गरेको बीमा अभिकर्ताको तालिममा सहभागी भई प्रमाणपत्र लिएको हुनु पर्ने व्यवस्था छ ।

Esewa
Crest

नियम अनुसार एउटा कम्पनीबाट अभिकर्ताको प्रमाणपत्र लिएको व्यक्तिले अर्को कम्पनीको बीमा पोलिसी बिक्री गर्न पाइदैन । तर बीमा समितिबाट लिएको अभिकर्ताको प्रमाणपत्रका आधारमा भने सम्पुर्ण जीवन बीमा कम्पनीहरुको पोलिसी बिक्री गर्न पाउने व्यवस्था छ । बीमा समितिले अभिर्ताको तालिम नदिएको धेरै वर्ष वितिसक्यो । जतिवेला बीमा समितिबाट अभिकर्ताको प्रमाणपत्र लिइएको थियो । उनिहरुको नविकरण नगरेको पनि धेरै वर्ष भइसकेको छ ।

तर बीमा समितिले संस्थागत बीमा अभिकर्ता सञ्चालन गर्ने कुनै एक व्यक्तिले बीमा समितिबाट अभिकर्ताको प्रमाणपत्र लिइएको रहेछ भने उसले सम्पुर्ण बीमा कम्पनीको बीमा पोलिसी बिक्री गर्न पाउने बीमा समितिका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले जानकारी दिए । संस्थागत अभिरक्ताको लाइसेन्स लिने समयमा कुनै एक कम्पनीबाट अभिकर्ताको प्रमाणपत्र लिएरको विवरण पेश भएको छ भने उक्त संस्थाले सम्बन्धित कम्पनीको मात्रै बीमा पोलिसी बिक्री गर्न सक्छ । तर यस्तो अभ्यासले संस्थागत अभिकर्ताको मर्म अनुसार काम गर्ने देखिदैन ।

निर्देशिका बमोजिम संस्थागत अभिकर्ताको लाइसेन्स दिने हो भने बीमा समितिले नै उक्त संस्थाको कुनै एक पदाधिकारीलाई अभिकर्ताको प्रमाणपत्र दिनु पर्ने देखिन्छ । संस्थागत अभिकर्ताको लाइसेन्स लिएको संस्थाको कुनै एक पदाधिकारीलाई बीमा समितिले अभिकर्ताको तालिम दिएर प्रमाणपत्र दिने हो भने अहिलेको समस्या समाधान हुन्छ ।

बीमा समितिका अनुसार यदि संस्थागत अभिकर्ताको लाइसेन्स लिदा मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये एक जनाले कुनै एक कम्पनीको तालिम लिएको छ भने उक्त संस्थाले सम्बन्धित कम्पनीको मात्रै बीमा पोलिसी बिक्री गर्न पाउछ । यदि यस्ता संस्थाले एउटा कम्पनीबाट तालिम लिने र अर्को कम्पनीको पोलिसी बिक्री गर्न थाले भने प्रचलित नियमको बर्खिलाप हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS