IME Life New

बीमा समितिमा गुनासो गर्न बीमितलाई सकस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमा समितिले देशभर जारी राखेको बीमा सचेतना अभियानको क्रममा अधिकांश बीमितहरुले समयमै बीमा दाबी नपाइएको गुनासो गरेका छन् । खासगरी निर्जीवन बीमा कम्पनीबाट प्राप्त हुनुपर्ने क्षतिपूर्ती दाबीको हकमा धेरै नै रहेको अभियानको क्रममा देश दौडाहामा निस्केका बीमा समितिका अधिकारीहरुको भनाई छ । गुनासोलाई सम्बोधन गर्नको लागी बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई यस सम्बन्धीमा निर्देशन समेत दिइसकेको छ ।

बीमा समितिले स्थानीय सरकारहरुसँग सहकार्य गरेर आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागीहरुबाट आएको गुनासो मात्र सुन्न पाएको छ । देशभर छरिएर रहेका लाखौं बीमितहरुको अनगिन्ती गुनासाहरु हुनसक्छन् । तर बीमितहरुको गुनासोलाई छिटो छरितो सम्बोधन गर्नको लागी बीमा समितिले विशेष व्यवस्था भने गर्न सकेको छैन ।

Esewa
Crest

बीमा समितिले इमेलमार्फत् गुनासो पठाउन बीमितलाई आग्रह गरेको छ । समितिले आफ्नो वेभसाइटको अधिकतम सदुपयोग गरेर बीमितहरुको लागी इमेलको साटो सिधै गुनासो पोर्टल मार्फत् नै बीमितको विवरण, बीमा कम्पनीको नाम, गुनासो गर्नुपर्ने विषय, गुनासोसँग सम्बन्धित कागज प्रमाणहरु प्रविष्टी गर्न सक्ने सुविधा उपलब्ध गराउन ढिला गर्नुहुँदैन । छिमेकी मुलुक भारतमा बीमितको सचेतना र गुनासो सुन्नको लागी नियामक निकायले बेग्लै वेभसाइट नै निर्माण गरेर प्रचलनमा ल्याएको छ ।

बीमितहरुलाई समितिले मोबाइल एप्स, बेभसाइट वा सामाजिक संजालमार्फत् नै पनि बीमासँग सम्बन्धित कुनै पनि विषयमा जानकारी लिन, बीमा सचेतना प्राप्त गर्न, बीमा कम्पनीविरुद्ध उजुरी वा गुनासो गर्न सक्ने सुविधा उपलब्ध गराउनु उपयोगी हुनेछ । समितिले हाल बीमितबाट लिखितरुपमा गुनासो आएको अवस्थामा समितिको कानून विभागले गुनासो सम्बन्धमा आवश्यक छानबिन गरेर बीमा कम्पनीहरुलाई निर्देशन दिने, बीमित र बीमकलाई छलफलमा सहभागी गराउने, सकेसम्म छलफलकै माध्यमबाट समाधान खोज्ने र नभएको अवस्थामा फैसला सुनाउने गरेको छ ।

बीमा कम्पनीहरुबीच बढ्दो अस्वस्थ्य प्रतिस्पर्धासँगै अनियमिता बढेको गुनासो व्यापकरुपमा सुनिन थालेको छ । जीवन बीमा कम्पनीहरुको हकमा झूठो विवरण दिएर बीमालेख बिक्री गरेको र निर्जीवन बीमा कम्पनीहरुको हकमा आंशिक बीमा दाबी मात्र गरेको वा दाबी भुक्तानीमा नै लामो समयदेखि आलटाल गरिरहेको गुनासो बढी सुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS