IME Life New

बीमा समितिको खाताबाट तीन करोड रुपैयाँ छ वर्षसम्म गायब, दुई करोड २३ लाख घाटा भएको निष्कर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले गत असार ३० गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरी सार्वजनिक गरेको आर्थक वर्ष २०७५।०७६ को बार्षिक प्रतिवेदनमा बीमा समितिबाट ३ करोड रुपैयाँ तीन वर्ष चार महिनासम्म बेपत्ता भएको औल्याइएको छ ।

महालेखा परिक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको सो प्रतिवेदनमा बीमा समितिको खाताबाट २०६९ साल बैशाख २७ गते तीन करोड रुपैयाँ झिकेर एक बैंकमा मुद्दति निक्षेपमा राखिएको सो को एक वर्षपछि २०७० बैशाख २६ गते बैंकको कल खातामा सारिएको जनाइएको छ ।

Esewa
Crest

महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बीमा समितिको लेखा परिक्षणबाट चार वर्षसम्म तीन करोड रुपैयाँ गायब पारिएको उल्लेख छ । २०६९ साल बैशाख २७ गते बैंकमा निक्षेप राखिएको रकम आर्थिक वर्ष २०७४।०७५ को लेखा परिक्षण प्रतिवेदनमा समेत समावेश नगरेको उल्लेख गर्दै महालेखा परिक्षण प्रतिवेदनमा रकम बैंकमा राखिएको ७६ महिनापछि अर्थात २०७६ असोज ३० गते मात्रै पत्ता लगाएको उल्लेख छ ।

महालेखा परिक्षकको कार्यालयले मुद्दति निक्षेपमा राख्नुपर्ने रकम सामान्य कल खातामा रकमान्तर गरी न्यून ब्याज दिइएको र सो अवधीको समानुपातिक ब्याज हिसाब गर्दा दुई करोड २३ लाख २५ हजार रुपैयाँ बीमा समितिलाई आर्थिक क्षति भएको उल्लेख छ ।
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनको २२३ नं बुँदामा सो काण्डमा संलग्न बैंकका अधिकारीलाई समेत जिम्मेवार बनाएर कारवाही गर्नुपर्ने औल्याएको छ । प्रतिवेदनमा कुन बैंक उक्त काण्डमा संलग्न थियो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS