IME Life New

बीमा समितिकाे प्रदेश कार्यालयले व्यवसायीक तथ्यांक मागेपछि गाेप्यता भंग हुने तनावमा बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  बीमा समितिको फरक फरक विभागहरुले उही प्रकृति वा फरक फरक प्रकृतिको विस्तृत तथ्यांक मागेर बीमा कम्पनीहरुबीचमा आतंकको माहौल बनाई दिएको छ । बीमा कम्पनीका कर्मचारीका अनुसार सातामा कम्तीमा दुईवटा परिपत्र तथ्यांक सम्बन्धी नै प्राप्त भइरहेको अवस्था छ ।

बीमा समितिको प्रधान कार्यालयले मागेको तथ्यांक अनुसारको प्रतिवेदन तयार नपार्दै पुनः क्षेत्रिय कार्यालयहरुबाट समेत सोही प्रकृतिको र विवरणको तथ्यांक मागेर थप हैरान पार्न थालिएको गुनासो बिमकले गरेका छन् ।

Esewa
Crest

समितिले निर्माण गरेकाे एकीकृत सूचना प्रणालीकाे विश्वनसनियता र प्रभावकारिता परिक्षण र प्रमाणित भइ नसकेकाे अवस्थामा कार्यालयकाे कुनै विभाग वा प्रदेश कार्यालयले माग्ने इकाई स्तरकाे काराेबारकाे तथ्या‌ंककाे गाेपनियता रहला भन्नेमा विश्वस्त हुन नसकेकाे अधिकांश बीमककाे प्रतिकृया छ।

बीमा समिति नियामक निकाय हो । समितिको प्रधान कार्यालयमा बीमा कारोबार सम्बन्धी प्रतिवेदन आवधिकरुपमा पेश गर्दै आएका छन् । यसबाहेक बीमा समितिले केही विषयमा अध्ययन अनुसन्धानको उद्देश्य वा कुनै स्वार्थ समूहको सुझाव प्रेरित भएर समेत विशेष तथ्यांकहरु माग गर्दै आएको गुनासाे पनि सुनिने गरेकाे छ । थुप्रै महत्वपूर्ण तथ्यांकहरु बीमा समितिले संकलन गरिरहेको छ, तर ती तथ्यांकको उपयोग वा दुरुपयोग के भइरहेको छ ? भन्ने जिज्ञासामा बीमा कम्पनीहरुबीच हुन थालेको छ ।

”अहिले त मासिक प्रगती विवरणहरु माग गरिएको छ”, एकजना बीमकले भने,”अझ शाखा, उपशाखास्तरसम्मको कारोबार विवरण माग्दै प्रादेशिक कार्यालयले समेत पत्राचार गरिरहेका छन्, यो अवस्थामा व्यवसायीक गोप्यता भंग भयो भने त्यसको जिम्मेवारी कसले लिने ?”

बीमा समितिको कर्णाली प्रदेश कार्यालयले परिपत्र जारी गर्दै प्रदेश अन्तर्गतको प्रत्येक शाखा, उपशाखा कार्यालयको जनशक्ति संख्या, बीमालेख बिक्री संख्या, बीमाशुल्क आम्दानी, प्राप्त दाबी, भुक्तानी गरिएको दाबी, भुक्तानी गर्न बाँकी दाबीसहितको तथ्यांक मासिकरुपमा उपलब्ध गराउन र साउन महिनाकाे तथ्यांक एक साताभित्रै उपलब्ध गराउन उर्दी जारी गरेको छ ।

”प्रत्येक बीमकले गर्ने शाखा,उपशाखा स्तरको मासिक कारोबार थाहा पाएर के गर्न खोजेको ?,” जीवन बीमक संघ नेपालका एक पदाधिकारीले असन्तुष्टी जनाउँदै प्रतिप्रश्न गरे, ”नियामक हो भन्दैमा जथाभावी मासिक तथ्यांक माग्न पाइन्छ?”

अधिकांश बीमा कम्पनीको भन्दा पनि नियामक निकाय बीमा समितिका कर्मचारीको तलबभत्ता न्यून छ ।  ”कुनै प्रतिस्पर्धी कम्पनीले व्यक्तिगत लाभ प्रस्ताव गरेर बीमा समितिका कर्मचारीबाट गोप्य तथ्यांक र सूचना हात पार्न असंभव छैन”, बीमक संघका एकजना पदाधिकारीले भने, ”प्रतिस्पर्धा चुलिंदै गएको अवस्थामा प्रतिस्पर्धीको हरेक गतिविधिमा निगरानी राख्नुपर्ने बाध्यता छ।” उनले थपे,”एभरिथिङ इज फेयर इन इन्स्योरेन्स बिजनेश वार”

हालै बीमा समितिले आफ्नै कार्यालयका कर्मचारीले गैरव्यवसायीक चरित्र प्रदर्शन गरेकाे र व्यक्तिगत लाभकाे लागी बीमा कम्पनीकाे व्यवस्थापनलाई दबाब दिइरहेकाे गुनासाे आएकाे भन्दै साेबारे गाेप्यरुपमा समितिकाे अध्यक्षलाई गुनासाे गर्न सार्वजनिकरुपमा बीमा कम्पनीहरुसँग आग्रह समेत गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS