IME Life New

बीमा संस्थानको हिसाबमा रु.३.५७ अर्बको गडबडी, सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउन मलेपको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि नियमित लेखा परीक्षण हुन नसकेको सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको हिसाब किताबमा गडबडी फेला परेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।७८ को लेखा परीक्षण प्रतिवेदनमा संस्थानको हिसाबकिताबमा गडबडी देखिएको उल्लेख छ ।

Esewa
Crest

महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०७७।७८ देखि जीवन बीमा सम्बन्धी सफ्टवेयर प्रयोगमा ल्याउँदा विभिन्न ८ योजनाको हिसाबमा देखिएको फरक क्रेडिट रु. ३ अर्ब ५७ करोड १२ लाख रुपैयाँ माइग्रेशन फरक उल्लेख गरी वित्तीय विवरणमा देखाइएको उल्लेख छ । महालेखा परीक्षकले त्रुटीपूर्ण तथ्यांकको लागी सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनको लागी प्रतिवेदनमार्फत् सुझाव दिएको छ ।

संस्थागत सुशासनको अभाव रहेको संस्थानले विगत पाँच वर्षको वित्तीय विवरण तयार पार्ने र साधारण सभा गर्ने काम समेत सम्पन्न गर्न सकेको छैन । नौ वर्षदेखि वार्षिक वित्तीय विवरण तयार नपारेको संस्थानले नियामक बीमा समितिको दबाबपछि आर्थिक वर्ष २०६७।६८ देखि २०७२।७३ सम्मको वित्तीय विवरण गत चैत्र–बैशाखमा बीमा समितिले स्वीकृत गरेको थियो । आर्थिक वर्ष २०७३।७४ देखि २०७७।७८ सम्मको वित्तीय विवरण अझै बीमा समितिबाट स्वीकृत हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS