IME Life New

बीमा व्यवसाय प्रति सर्भेयरको चासो घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा बीमा सर्भेयरको लाईसेन्स लिनेको संख्या बार्षिक रुपमा घट्दै गएको छ । गत आर्थिक बर्ष २०७४/७५ मा ४४ जना नयाँ सर्भेयर दर्ता भएका छन् । तर आव २०७०/७१ मा ५१ जनाले समितिबाट सर्भेयरले लाईसेन्स लिएका थिए ।

समितिको तथ्यांक अनुसार आव २०७१/७२ मा ६७ जना दर्ता भई लाईसेन्स लिएका थिए भने आव २०७२/७३ मा ७५ जना दर्ता भएका थिए । तर, आव २०७३/७४ मा यो संख्या घटेर जम्मा १० जनामा सिमित भएको थियो । गत आवमा भने केही बृद्धि भएको तथ्यांकले देखाउँछ ।

Esewa
Crest

सर्भेयरको संख्या ४१६ पुग्यो

बीमा सर्भेयरको संख्या करिब चार सय पुगेको छ । बीमा समितको तथ्याङक अनुसार आर्थिक बर्ष २०७४/७५ को आबसम्ममा बीमा बजारमा कार्यरत सर्भेयरको संख्या ४ सय १६ रहेको छ । सो आवमा ४४ नयाँ सर्भेयर दर्ता भएका छन् ।

तथ्यांक अनुसार आव २०७०/७१ मा सर्भेयरहरुको संख्या २७३ रहेको थियो । २२२ जना सर्भेयरको लाईसेन्स नविकरण भएको थियो । आव २०७१/७२ मा सर्भेयरको संख्या २६२ रहेको थियो । आव ७२/७३ मा सर्भेयरहरुको संख्यामा वृद्धि भएर २७७ पुगेको थियो । २०२ जनाले लाईसेन्स नविकरण गरेका थिए । आव २०७३/७४ मा सर्भेयरको संख्या ३४१ पुगेको देखिन्छ । १० वटा दर्ता भएका थिए भने ३३१ जनाले नविकरण गरेका थिए ।

को हो बीमा सर्भेयर ?

बीमा व्यवसायको लागि सर्भेयरलाई एक महत्वपूर्ण अंग हो । सर्भेयर बिना कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन । सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको मूल्यांकन गरे पछि मात्रै बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी गर्छन ।

बीमा गरिएको सम्पत्तिको हानि, क्षति वा नोक्सानि भएमा क्षति भए बराबरको रकम बीमालेखले सुरक्षा गर्छ । बीमा गरिएको सम्पत्तिको क्षति भएमा बीमालेखले सुरक्षा गर्दछ । त्यसैले विमकले विमितलाई अनिवार्य रुपमा क्षतिपूर्ती गर्नु पर्ने हुन्छ । क्षति त भयो के कसरी भयो कतिको क्षति भयो जस्ता कुराहरु मुल्याङकन गर्न बीमा कम्पनीले व्यक्ति वा संस्था सर्भेयरलाई खटाउछ । यसरी खटाईएको व्यक्ति वा संस्थाबाट आएको प्रतिवेदनलाई मुख्य आधार मानि बीमा कम्पनीले विमितलाई रकम भुक्तानि गर्दछ ।

सर्भेयरको लागि आवश्यक योग्यता

बीमा विनियमावली अनुसार कुनै बीमा कम्पनीको कार्यलयमा अधिकृतस्तरको पदमा कम्तिमा दश बर्षसम्म बीमा व्यवसायमा सम्बन्धित कार्यको अनुभव हासिल गरेको व्यक्तिले बीमा सर्भेयरको लाईसेन्स लिन सक्नेछन् । साथै इन्जिनियरिङ्ग बिषयमा कम्तिमा स्नातक तह उपाधि हासिल गरेको, अन्तराष्ट्रिय चाटर्ड इन्स्योरेन्स इन्ष्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको वा चाटर्ड एकाउन्टेन्सी परीक्षा उतिर्ण गरेको व्यक्तिले सर्भेयरको लाईसेन्सको लागी समितिमा निवेदन दिन सक्ने छन् । योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको प्रमाणपत्र  प्राप्त गरेको हुनुपर्नेछ ।

सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नविकरण गर्नुपर्नेछ । कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरुलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS