IME Life New

बीमा रकम हत्याउन एक युवकले बनाए आफ्नै आमाको नक्कली मृत्यु प्रमाणपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बिहारमा ठगीको अनौठो घटना बाहिर आएको छ। एक युवकले अमेरिकी बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्सबाट दाबी लिन आफ्नी आमाको मृत्यु भएको बहाना गरेको घटना सार्वजनिक भएको हो। ती युवकले बिहारबाट बनेको नक्कली मृत्यु प्रमाणपत्र बनाएर कम्पनीमा भारु ८३ लाख दाबी गरेका थिए।

यूपीका रितेश सिंहले पटनाको एउटा होटलमा आगो लागेर आमाको मृत्यु भएको कम्पनीमा दाबी गरेका थिए। कम्पनीका अधिकारीहरु पटना आएर अनुसन्धान गर्दा पूरै रहस्य खुल्यो। अधिकारीहरुले छानबिन गर्दा मृत्यु प्रमाणपत्र नक्कली पाइयो। मृत्यु प्रमाणपत्रमा उल्लेख भएकी महिलाको उक्त घटनामा मृत्यु नभएको फेला परेको थियो।

Esewa
Crest

अप्रिल २५ मा पटनाको पाल र अमित होटलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको थियो। पटना कोतवाली क्षेत्रमा भएको यो घटनापछि सिंहले दाबी पाउनका लागि झुटो दाबी गरेका थिए। प्रहरीका अनुसार दुर्घटनामा चन्द्रकला कुमारी, तेज प्रताप, राहुल कुमार, दिनेश सिंह, किस्कु, रितेश कुमार, राज लक्ष्मी, मिलोनी किस्कु र प्रियंका कुमारीको मृत्यु भएको हो। नक्कली बीमा गराउन खोज्ने महिलाको नाम प्रहरीको प्रतिवेदनमा वा दमकल विभागको प्रतिवेदनमा उल्लेख छैन। ती युवकले पटना नगरपालिकाको कार्यालयबाट नक्कली मृत्यु प्रमाणपत्र बनाएका थिए। त्यसपछि कम्पनीलाई ठगी गर्ने प्रयास भएको थियो।

प्रहरीमा दर्ता भएका सोही व्यक्तिको नाम पनि दमकलको कार्यालयमा भेटिएको थियो। मृतक सबैको सनाखत भएपछि उनीहरुको शव पनि परिवारलाई बुझाइएको छ। अनुसन्धानमा सिंहले आमाको नाममा नक्कली मृत्यु प्रमाणपत्र बनाएको खुलेको छ। तर, मृतकको सूचीमा उनको नाम भने फेला परेन। युवकले प्रमाणपत्रमा महिलाको नाम सुमन पाल लेखेका थिए।

अंकित नामका सिंहले नेसनल लाइफलाई ठगी गर्ने प्रयास गरेका थिए। तर, कम्पनीका अधिकारीहरुले गरेको अनुसन्धानका क्रममा सम्पूर्ण रहस्य बाहिर आएको हो। अमेरिकी कम्पनीका अधिकारी गिरीश नन्दनले सबै कागजात नक्कली भेटिएपछि सिंहको दाबी खारेज भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS