IME Life New

बीमा प्राधिकरण, कर्णाली प्रदेशद्वारा नलगाड नगरपालिका र सानीभेरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयद्वारा नलगाड नगरपालिका र सानीभेरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण बहादुर जि.सीको प्रमुख आतिथ्यतामा मंसिर १९ गते मंगलबार नलगाड नगरपालिका, जाजरकोट र मंसिर २० गते बुधबार सानीभेरी गाउँपालिका, रुकुम(पश्चिम) मा बीमासम्बन्धी सचेतनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री जि.सीले भुगोल, गरिवीको अवस्था तथा जोखिमलाई हेर्दा अन्य प्रदेशको तुलनामा अधिक जोखिम रहेको कर्णाली प्रदेशमा बीमाको पहुँच बिस्तार गर्न तथा नागरीकको जीवन तथा सम्पत्तिको रक्षा गर्न प्रदेश सरकारले काम गरिरहेको बताए ।

Esewa
Crest

कार्यक्रममा कर्णाली प्रदेश सरकारद्वारा गरिदिएको कर्णाली प्रदेशमा बसोबास गर्ने नागरिकहरुको प्राकृतिक प्रकोप दुर्घटना बीमा बापतको रकम भुकम्पमा परि मृत्यु भएका व्यक्तिको हकवालालाई हस्तान्तरण गर्दै प्रदेश सरकारले छिटै घरबीमा कार्यक्रम लागू गरी आम नागरिकको घरको सुरक्षा गर्ने समेत बताए ।

उक्त कार्यक्रमहरुमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख तथा उपनिर्देशक पदम प्रसाद सोडारीले बीमा सम्बन्धी संक्षिप्त प्रस्तुतीकरणका साथै छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

छलफलको क्रममा सहभागीहरुले विशेष गरी घरबीमा, लघुबीमा, दुर्घटना बीमा, कृषि बीमा, मोटर बीमा, जीवन बीमा लगायतमा चासो राख्नुका साथै बीमामा देखिएका विभिन्न समस्याहरुबारेमा प्रश्नहरु गरेका थिए।

छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेका थिए । प्राधिकरण नेपालमा बीमा क्षेत्रको लागि शुरु अदालत भएको हुदाँ बीमा क्षेत्रमा देखिएको जुनसुकै विकृती तथा विसंगतिलाई नियन्त्रण गर्दै बीमितको हक हित संरक्षणमा प्रतिवद्ध रहेको बताए ।

यसका साथै कर्णाली प्रदेश सरकारले नागरिकहरुको प्राकृतिक प्रकोप दुर्घटना बीमा गरेर जनताको दुःखको साथी बनेकोमा कर्णाली प्रदेश सरकालाई धन्यवाद दिदैँ उपनिर्देशक सोडारीले घरबीमाको कार्यक्रम कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई आवश्यक सहयोग तथा समन्वय गर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै नलगाड नगरपालिकाका नगर प्रमुखडम्बर बहादुर रावतले बीमा सम्बन्धी सचेतनाको अभावले नै हालै गरेको भुकम्पबाट जनताले धेरै आर्थिक क्षती बेहोर्नुपरेको बताए । कर्णाली प्रदेश सरकारले गरिदिएको प्राकृतिक प्रकोप दुर्घटना बीमाले भुकम्पमा परि आफन्त अभिभावक गुमाएका व्यक्तिलाई आर्थिक सहयोग गर्ने तथा जीवनयापनमा केही सहजता ल्याउने भन्दै सोको लागी प्रदेश सरकारलाई धन्यवाद समेत दिनुका साथै बीमाको सचेतना बृद्धिको लागी प्राधिकरणले गरेका प्रयासहरुको समेत प्रसंशा गरे ।

यसैगरी सानीभेरी गाउँपालिकाका अध्यक्ष बृष बहादुर बिष्टले कर्णाली प्रदेश सरकारले ल्याएको प्राकृतिक प्रकोप दुर्घटना बीमा जनताको हितमा रहेको बताउदै प्रदेश सरकारले यसै बर्षको बजेटमार्फत ल्याएको घरबीमा कार्यक्रम जतिसक्दो छिटो कार्यान्वयन गर्नुपर्ने बताए । यसका साथै बीमाको सचेतनामा बिस्तारमा प्राधिकरणसँग मिलेर भविष्यमा कार्य गर्ने समेत अध्यक्ष बिष्टले बताए ।

प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले संचालन गरेको उक्त कार्यक्रमहरुमा नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरु, पत्रकार, भुकम्प पिडित तथा भुकम्पबाट ज्यान गुमाएका व्यक्तिहरुको आफन्तहरु लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS