IME Life New

बीमा प्राधिकरणले सुर्खेतको विभिन्न स्थानमा राख्यो सचेतनामुलक होर्डिङ बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले सुर्खेतको विभिन्न ५ स्थानमा बीमा सम्बन्धी चेतनामुलक सन्देश सहितको होर्डिङ बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका, वडा न २ स्थित वाङ्गेसिमल, वडा न ११ स्थित सुब्बाकुना र वडा न १४ स्थित कटकुवाका साथै भेरीगंगा नगरपालिका अन्तरगत वडा न ५ स्थित बबई र वडा न १२ स्थित छिन्चुमा बीमा सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखिएको हो ।

Esewa
Crest

उक्त होर्डिङ बोर्डमा ट्राफिक सचेतनाका विषयवस्तुहरु समेत समावेश गरिएको छ । सम्बन्धित नगरपालिका, सडक डिभिजन कार्यालय सुर्खेत तथा नेपाल प्रहरीको समन्वयमा उल्लेखित स्थानहरुमा राखिएको होर्डिङ बोर्डको माध्यमबाट आम सर्वसाधारणहरुले बीमा सम्बन्धी ‍जानकारी प्राप्त गर्ने तथा सडक दुर्घटना समेत न्यूनीकरण गर्न सहयोग गर्ने अपेक्षा प्राधिकरणको रहेको छ ।

उक्त होर्डिङ बोर्ड राख्ने कार्यक्रममा जिल्लास्थित ट्राफिक प्रहरी तथा सडक डिभिजन कार्यलयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS