IME Life New

बीमा प्राधिकरणले जारी गर्यो ‘सुपरिवेक्षक हस्तक्षेप फ्रेमवर्क’, उद्देश्य के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियामक आवश्यकता र सही बीमा उद्योग अभ्यासको पालना गर्न असफल हुने बीमक÷पुनर्बीमकका लागि समयमै सुधारात्मक उपाय (सुपरिवेक्षक हस्तक्षेप) गर्न स्पष्ट निर्देशन र मापदण्ड प्रदान गर्न ‘सुपरिवेक्षक हस्तक्षेप फ्रेमवर्क’ मार्गदर्शन जारी गरेको छ।

बीमा ऐन, २०७९ को अधीनमा रहेर यो मार्गदर्शन जारी गरिएको प्राधिकरणले जनाएको छ। यसको मुख्य उद्देश्य प्राधिकरणलाई चाँडै नै जोखिम वा सुपरिवेक्षक सरोकारहरु पहिचान गर्न मद्दत गर्नु रहेको छ।

Esewa
Crest

बीमितलाई हुने नोक्सानलाई कम गर्न, बीमक÷पुनर्बीमकको असफलताको सम्भावना कम गर्न र बीमा उद्योगमा बजारको विश्वास जोगाउन प्रभावकारी रुपमा हस्तक्षेप गर्न आवश्यकता महसुस भएकोले यो मार्गदर्शन ल्याइएको प्राधिकरणले जनाएको छ।

यो मार्गदर्शनको उद्देश्य बीमक÷पुनर्बीमकसँग हस्तक्षेप गर्ने ढाँचाका बारेमा जागरुकता बढाउन र पारदर्शीतामा सुधार गर्नु रहेको छ। यसले विशेष हस्तक्षेपका उपाय अपेक्षित हुन सक्ने अवस्थालाई संक्षेप गर्दै बीमकले प्राधिकरणबाट अपेक्षा गर्न सक्ने किसिमका कारबाहीहरुको विवरण दिन्छ।

हस्तक्षेप प्रक्रिया वा यसमा प्राधिकरणको भूमिका र जिम्मेवारीमा कुनै परिवर्तन प्रतिविम्बित गर्न यो मार्गदर्शनमा भविष्यमा परिमार्जन गर्न सकिने व्यवस्था पनि गरिएको छ।

मार्गदर्शनमा सुपरिवेक्षक हस्तक्षेपका लागि एउटा प्राधिकरण समिति गठन गर्नुपर्ने व्यवस्था गरिएको छ। समितिको संयोजकमा प्राधिकरणका कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ। समितिका अन्य सदस्यमा प्राधिकरणका दुईजना निर्देशक, स्वतन्त्र विज्ञ (प्राधिकरण अध्यक्षबाट नियुक्त हुने) र सहनिर्देशक रहनेछन्।

guide to supervisory intervention framework

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS