IME Life New

बीमा प्राधिकरणमा सहायक प्रथमदेखि कार्यकारी निर्देशकसम्म दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा सहायक प्रथम देखि कार्यकारी निर्देशकसम्म दरखास्त आह्वान गरिएको छ।

लोकसेवा आयोगबाट प्राप्त सहमति र बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ बमोजिम प्राधिकरणले कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले कार्यकारी निर्देशक एकजनासहित निर्देशक ४ जना र उपनिर्देशक ५ जना (कानुनतर्फ २ जना)मा आवेदन खुला गरेको छ। यी पदमा कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरिने प्राधिकरणले जनाएको छ।

Esewa
Crest

यसैगरी आन्तरिक प्रतियोगिताका आधारमा उपनिर्देशकमा एकजनाको बढुवा गरिने भएको छ।

खुला तथा समावेश प्रतियोगितात्मक लिखित परीक्षाबाट सहायक निर्देशक ५ जना, सहायक निर्देशक (कानुन) ५ जना र सहायक प्रथम ४ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

इच्छुक योग्य उम्मेदवारले माघ १८ गतेभित्र ललितपुरको कुपण्डोलस्थित बीमा प्राधिकरणको मानव संशोधन विभागमा दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक प्रथमका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

महिलाका लागि भने ४० वर्षसम्मको सीमा तोकिएको छ। बीमा प्राधिकरणमा कार्यरत कर्मचारीको हकमा उमेरको हद लाग्ने छ्रैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS