IME Life New

बीमा प्राधिकरणबाट गत आर्थिक वर्षमा १५० वटा मुद्दाको फैसला र सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्ष २०८०।८१ मा १५० वटा मुद्दाको फैसला र सहमति भएको छ।

प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा १०१ वटा मुद्दा फैसला भएको छ भने ४९ वटा मुद्दा मध्यस्थतामार्फत सहमति भएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०८०।८१ मा २४४ वटा नयाँ मुद्दा दर्ता भएका थिए। जसमा केन्द्रीय कार्यालयमा १५९ वटा मुधा र ८५ वटा मुद्दा प्रदेश कार्यालयहरुमा दर्ता भएका थिए। प्राधिकरणअनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० बाट १९२ वटा मुद्दा गत आर्थिक वर्ष २०८०।८१ बाट सरेर आएको थियो। एउटा पुनरावेदनबाट आएको मुद्दा थियो।

आर्थिक वर्ष २०८०।८१ कुल ४३७ मुद्दामध्ये १५० वटाको फैसला र सहमति भएको प्राधिकरणले जनाएको छ। फैसला र सहमति हुन बाँकी २८७ वटा मुद्दा चालु आर्थिक वर्ष २०८१।८१ मा सरेर आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS