IME Life New

बीमा प्राधिकरणबाट एक वर्षमा १५० वटा मुद्दा फर्छ्यौट, २८७ मुद्दा टुंग्याउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्ष २०८०।८१ मा १५० वटा मुद्दा फर्छ्यौट भएको छ।

प्राधिकरणका तथ्यांकअनुसार गत आर्थिक वर्षमा १०१ मुद्दाको फैसला र ४९ वटा मुद्दामा सहमति गरी कुल १५० वटा मुद्दा फर्छ्यौट भएको हो। प्राधिकरणमा गत आर्थिक वर्षमा १९२ वटा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको थियो भने २४४ वटा नयाँ मुद्दा दर्ता भएका थिए। एउटा मुद्दा पुनरावेदनबाट आएको प्राधिकरणले जनाएको छ। जसअनुसार गत आर्थिक वर्षमा प्राधिकरण कुल ४३७ वटा मुद्दा रहेको थियो।

Esewa
Crest

अब २८७ वटा मुद्दा चालु आर्थिक वर्ष २०८१।८२ का लागि सरेर आएको प्राधिकरणले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा प्राधिकरणबाट १४९ वटा मुद्दा फर्छ्यौट भएको थियो। अघिल्लो आर्थिक वर्षमा पनि आर्थिक वर्ष २०७८।७९ बाट १८६ वटा मुद्दा सरेर आएको र १५५ वटा नयाँ पर्दा कुल ३४१ वटा मुद्दा थियो। त्यसमध्ये फर्छ्यौट हुन बाँकी १९२ वटा मुद्दा गत आर्थिक वर्षमा सरेर आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS