IME Life New

बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थता कार्यविधि लागू, कस्ता विवाद हुन्छन् निरुपण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ।

प्राधिकरणबाट मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाका माध्यमबाट विवादको निरुपण गर्ने सम्बन्धमा कार्यविधिगत व्यवस्था गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि लागू गरिएको हो।

Esewa
Crest

प्राधिकरणमा दर्ता भएको कुनै उजुरीमा वा बीमक, बीमित वा बीमाका कुनै पक्षले मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवादको निरुपण गर्न प्राधिकरणमा निवेदन दिनुपर्नेछ। त्यसरी परेको निवेदनमा प्राधिकरणको सञ्चालक समिति आफैँले वा मेलमिलाप तथा मध्यस्थता समितिमार्फत यो कार्यविधिबमोजिमको प्रक्रिया पूरा गरी विवादको निरुपण गराउन सकिनेछ।

यसका लागि मध्यस्थता समिति गठन गरिनेछ। समितिको संयोजकमा प्राधिकरणका अध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्राधिकरणका कार्यकारी निर्देशक, कानुन तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखाका प्रमुख र अध्यक्षले तोकेको उजुरी शाखाका एकजना अधिकृत रहनेछन्।

मध्यस्थता समितिले यस्ता विवाद निरुपण गर्न सक्ने

(क) ऐनको दफा १३ को खण्ड (च) बमोजिम अध्यक्षले बीमक र बीमितबीचको विवादमा मध्यस्थता गर्नको लागि मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरु,

(ख) बीमकले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी नगरेको, दायित्व निर्धारण नगरेको वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेको भनी बीमितले प्राधिकरणसमक्ष उजुरी गरेकोमा त्यस्ता विवादमा ऐनको दफा १२८ को उपदफा (३) को खण्ड (क) बमोजिम उजुरवाला र बीमकबीच मिलापत्र गराउनको लागि सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरु,

(ग) कुनै बीमक वा निजको कुनै सञ्चालक वा पदाधिकारी वा कर्मचारीले वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले कुनै बीमितको हकहितविरुद्ध कुनै कार्य गरी निजलाई हानिनोक्सानी पुर्याएको भनी प्राधिकरणमा उजुरी प्राप्त भएकोमा ऐनको दफा १२९ को उपदफा (४) बमोजिम उजुरीकर्ता र बीमकबीच मिलापत्र गराउन प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरु,

(घ) ऐनको दफा १३० बमोजिम इजाजतपत्रप्राप्त बीमकहरुबीचमा वा बीमा मध्यस्थकर्ताहरु बीचमा वा बीमक, मध्यस्थकर्ता वा बीमाका अन्य पक्षहरुका बीचमा कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा निरुपण हुन नसकेको खण्डमा विवादमा संलग्न पक्षहरुमध्ये कुनै एक पक्षले प्राधिकरणमा मेलमिलाप वा मध्यस्थताको लागि अनुरोध गरेकोमा सञ्चालक समितिले मेलमिलाप वा मध्यस्थताको माध्यमबाट मेलमिलाप तथा मध्यस्थता समितिमार्फत विवाद निरुपणको लागि पठाएका विवादहरु,

(ङ) प्राधिकरणमा दर्ता भएको कुनै उजुरीको सम्बन्धमा सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमार्फत मेलमिलाप वा मध्यस्थताको माध्यमबाट विवाद निरुपण गर्न उपयुक्त देखेका विवादहरु,

(च) प्राधिकरणको उजुरी शाखामा प्राप्त विवादहरुमध्ये मेलमिलाप वा मध्यस्थताको माध्यमबाट विवाद समाधन गर्न सकिने प्रकृतिका विवादहरु ।

nia directive

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS