IME Life New

बीमा प्राधिकरणद्धारा लुम्बिनी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाकक्षमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बीमाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने भएकाले विपन्न बर्ग सहित हरेक क्षेत्रमा बीमाको पहुँच पुग्ने गरी बीमाको योजना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

मुख्यमन्त्री गिरीले कतिपय बीमा कम्पनीहरुले बीमितलाई बीमा दाबी भुक्तानी दिँदा दुःख दिने गरेको, नक्कली कागजातका आधारमा दाबी भुक्तानी दिने गरेको जस्ता गुनासाहरु आउने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिई बीमाप्रतिको विश्वास बढ्ने गरी प्राधिकरणले नियमनमा कडाई गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री जोख बहादुर महराले बीमाको पहुँच बढाउनका लागि बीमा कम्पनीहरुले पनि स्थानीय तहसँग समन्वय गरेर बीमा सम्बन्धी सचेतना फैलाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले नागरिकहरुलाई स्वास्थ्य बीमाको सेवा पाउन गाह्रो हुने गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई विपद्का समयमा आर्थिक भार कम हुने, बीमितले बीमा कम्पनीबाट नै दाबी भुक्तानी पाउने र बीमा कम्पनीहरुको पनि व्यवसाय बढ्ने गरी बीमाको पहुँच बढाउन जोड दिनुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्यले हरेक प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी एक एकवटा लघुबीमा कम्पनी स्थापनाका लागि स्वीकृत दिइएको जानकारी दिए ।

अध्यक्ष सिलवालले लक्षित समुदायलाई बीमाको दायरामा ल्याउनका लागि आर्थिक सहायताको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
अध्यक्ष सिलवालले सरकारी भवन लगायतका सम्पत्ति तथा परियोजनाहरुको बीमा गराउन र नागरिकलाई पनि आफ्ना सम्पत्तिको बीमा गर्न प्रोत्साहित गर्न तथा कार्यालयमा बीमा डेस्क स्थापना गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

लुम्बिनी प्रदेशका का.मु. मुख्य सचिव राजेन्द्र थापाले सडक, पुल लगायतका भौतिक संरचनाहरुको बीमा गर्नका लागि योजना ल्याउने जानकारी दिदै देशको आवश्यकताका आधारमा बीमालेखहरुमा समसामयिक परिमार्जन गर्न नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्न र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिव, विभिन्न निकायका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS