IME Life New

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा प्रहरीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले नेपाल प्रहरीसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम विरगञ्जमा सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व प्राधिकरणको वीरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्मा गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी थिए । बिशेष अतिथिका रुपमा प्रहरी नायब उपरीक्षक दिपक गिरी थिए । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा स्वागत मन्तव्य बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सीनाले गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गतका विभिन्न इलाका, वडा प्रहरी कार्यालय र ट्राफिक कार्यालयबाट साथै बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख, बीमा सर्भेयर लगायत अन्य सरोकारवाला व्यक्तिहरु सहित करिब ७५ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बीमा, बीमा प्राधिकरण र बीमाका सम्बन्धमा नेपाल प्रहरीको भुमिका साथै नेपाल प्रहरीसँग बीमा प्राधिकरणले गरेका अपेक्षाहरुको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएकी थिइन् ।

शर्माले आफ्नो प्रस्तुतिकरणमा बीमितले सम्पत्ती तथा मानव जीवनमा क्षति भएमा सोको क्षतिपूर्ती बीमा दावी भुक्तानी लिन आवश्यक कागजातहरुको बारेमा जानकारी दिएकी थिइन् । यस्तो लिखित कागजात भएमा प्रहरीले पनि सजिलै प्रतिवेदन दिने र दाबी भुक्तानी पाउन सजिलो हुने उनको सुझाव छ ।

कार्यक्रमका बिशेष अतिथि प्रहरी नायब उपरीक्षकले आफ्नो भनाई राख्दै सवारी साधनको चेकजाँच चालक इजाजतपत्र, ब्लू बुक चेक गर्नुका साथै सवारी साधनको बीमा भएको छ छैन सो पनि जाँच गरिने भन्दै जानकारी दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले सबैले आफ्नो दायित्व पुरा गर्ने गरि कार्य गर्ने हो भने कुनै समस्या नरहने साथै बीमा दावी भुक्तानी दिने क्रममा बीमितलाई आहात होइन राहत हुने गरि छिटो छरितो रुपमा समयमै बीमा दावी भुक्तानी गरि बीमा प्रतिको विश्वसनियता कायम गर्नुपर्ने भनाई राखेका थिए ।

प्रमुख अतिथिले बीमा प्राधिकरणले यस्तो कार्यक्रम गरेर समाजमा बीमासँग जोडिएर हुने विभिन्न घटनाहरुलाई निरुत्साहित गर्न पनि सहयोग हुने हुँदा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए । कार्यक्रमको समापनमा क्रममा प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले यस्तो अन्तरक्रिया तथा छलफल कार्यक्रमले सरोकारवाला निकायहरुका विचमा आवश्यक समन्वय भई समस्याहरुको समाधान गर्न सहयोग पुग्ने भनाई राखेकी थिइन् । यसका साथै बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुलाई बीमितबाट बीमा दावी भुक्तानी लिनका लागि कुनै पनि कागजात माग गर्दै गर्दा लिखित रुपमा पत्र दिनका लागि समेत अनुरोध गरिन् ।

कार्यक्रमका बिशेष अतिथि प्रहरी नायब उपरीक्षकले आफ्नो भनाई राख्दै बीमा कम्पनीहरुले बीमा गरिएको सम्पत्ती तथा मानव जीवनमा क्षति भएमा सोको दावी भुक्तानी लिन आवश्यक पर्ने कागजातहरुका सम्बन्धमा बीमितलाई लिखित रुपमा नै जानकारी दिनुपर्ने साथै प्रहरीलाई पनि प्रतिवेदनसंग सम्बन्धित कागजातहरुका सम्बन्धमा लिखित मै माग गर्नु पर्ने जसले गर्दा प्रहरी प्रतिवेदन पनि समयमै दिन सजिलो हुने र पिडितले बीमा दावी पनि समयमै पाउन सक्ने अवस्था रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS