IME Life New

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट, फागुन १० गते अन्तर्वार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिको फागुन ४ गतेको निर्णयानुसार ५ जनाको नाम सर्टलिस्ट गरिएको हो। सर्टलिस्टमा पर्नेमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा छन्।

Esewa
Crest

सर्टलिस्टमा पर्नेमध्येमध्ये रेग्मी बीमा प्राधिकरणमा निर्देशक छन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन्। बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन्। ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन्।

सर्टलिस्टमा परेकाहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि फागुन १० गते अर्थ मन्त्रालयमा डाकिएको छ। अन्तर्वार्ता दिउँसो २ बजेबाट सुरु हुनेछ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये एकजनालाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।

समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। माघ ११ गतेसम्म आवेदन खुला गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS