IME Life New

बीमा प्राधिकरणको अध्यक्ष पदमा १२ जना उम्मेदवार, को-को हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा १२ जनाले उम्मेदवारी दिएका छन् । आवेदन दिएकाहरू बैंकर, बीमाकर्मी, कानून व्यवसायी र पूर्व प्रशासक पृष्ठभूमीका छन् । अर्थ मन्त्रालयका अनुसार अन्तिम दिन शुक्रबारसम्ममा पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंसहित १२ जनाले आवेदन दर्ता गराएका हुन् ।

आवेदन दिने अन्यमा प्राधिकरण कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा दामोदर बसौला, कानून व्यवसायी शरद ओझा, डा देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् ।

Esewa
Crest

निवेदक नेपाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष हुन् । पाण्डे पूर्व बीमाकर्मी हुन्। उनी नेपाल इन्स्युरेन्समा उपमहाप्रबन्धक रहेका थिए। डिमप्रसाद पौडेल नेपाल वायूसेवा निगमका पूर्वमहाप्रबन्धक हुन् । डा.  रोका, यूवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । यसैगरी मिश्र, निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । बुद्धकाजी श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्समा सञ्चालक  थिए।

चापागाइँ, तत्कालीन अर्थमन्त्री कृष्ण बहादुर महराको पालामा अध्यक्ष नियुक्त भएका थिए। उनले कोरोना महामारीको बीमालेख जारी गर्ने काम गरेका थिए। र, नौ वटा जीवन तथा दशवटा निर्जीवन बीमा कम्पनीको इजाजत वितरणको कार्य पनि उनको कार्यकालमा भएको थियो। डा. बसौलालाई स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदबाट सरकारले पटक पटक निलम्बनको प्रयास गरेको थियो।

सिफारिस समितिले यीमध्ये पूर्वनिर्धारित योग्यता पूरा गर्ने उम्मेदवारको लिखित, मौखिक र प्रस्तुतीकरणका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीनजनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछ। मन्त्रिपरिषदले ३ जनामध्ये एकजनाको नियुक्ति गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS