IME Life New

बीमा प्राधिकरणको अध्यक्ष पदमा दाबी गर्दै रेग्मीले दिए आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्राधिकरणको निर्देशक कमल प्रसाद रेग्मीले आवेदन दर्ता गराएका छन् । मन्त्री परिषदद्वारा अध्यक्ष पदका लागि तीनजना योग्य उम्मेदवारको नाम सिफारिश गर्न गठित समितिले आवेदन माग गरेपछि रेग्मीले सोमबार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखा सिंहदरबारमा निवेदन दर्ता गराएका हुन् ।

कमल प्रसाद रेग्मी
कमल प्रसाद रेग्मी

प्राधिकरणको अध्यक्ष पदका लागि बीमा ऐन २०७९ को दफा ८ को उपदफा १(क) बमोजिमको योग्यता भएको नेपाली नागरिकबाट सिफारिश समितिले आवेदन माग गरेको छ। समितिले पौष २६ गते सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक योग्य उम्मेदवारलाई १५ दिन भित्र आवेदन दर्ता गर्न आह्वान गरेको थियो।

Esewa
Crest

मन्त्रालय सम्बद्ध श्रोतका अनुसार आवेदन दर्ताका लागि सूचना प्रकाशन भएको १२ दिन भइसक्दा रेग्मी बाहेक अन्य कसैको आवेदन दर्ता हुन आएको छैन।

बीमा ऐनको प्रावधान अनुसार बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्नेछ। फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ।

गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचारमा सूर्यप्रसाद सिलवालविरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।

भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका सिलवालको कार्यकाल आउँदो माघ १७ गते सकिने भएकाले सरकारले पौष १७ गतेभित्रै अध्यक्ष नियुक्तिको निर्णय गरिसक्नुपर्ने थियो। बीमा ऐन २०७९ को प्रावधान अनुसार अध्यक्षको कार्यकाल पुरा हुनु एक महिना अगावै भावी अध्यक्षको नियुक्ति गरि सक्नुपर्छ। ऐनमा १ महिना अगावै नियुक्ति गर्नुपर्ने प्रावधान भएपनि अझैसम्म नियुक्तिको निर्णय हुन सकेको छैन, अझैसम्म पनि सिफारिश समितिले तीनजना योग्य उम्मेदवारको नाम सिफारिश गर्ने काम नै बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS