IME Life New

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए सपथ, आजैबाट कार्यभार सम्हाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

अर्थ मन्त्रालयमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई सपथ ग्रहण गराएका हुन्। उनले आजै नेपाल बीमा प्राधिकरणको कार्यलय गएर कार्यभार सम्हाल्नेछन्। उनको कार्यकाल ४ वर्षको हुनेछ।

Esewa
Crest

ओझालाई अर्थमन्त्री पौडेल, अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले बधाइ तथा सफलता कार्यकालको शुभकामना दिएका थिए।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ३३ वर्षीय ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा गर्ने निर्णय गरेको थियो। प्राधिकरणको इतिहासमै  उनी कान्छो अध्यक्षका रुपमा नियुक्त भएका हुन्।

अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो।

समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा पहिलो नम्बरमा ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौलाको नाम सिफारिस गरिएको थियो।

ओझा स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक बसौला र नेपाल सरकारका पूर्वसचिव एवं कृषि विकास बैंकका अध्यक्ष पुडासैनीलाई पछि पार्दै अध्यक्षमा नियुक्त भएका हुन्। ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमा समेत गरी १२ वर्षको अनुभव छ। उनी कानुन व्यवसायी तथा व्यवस्थापन कलेजका अध्यापक पनि हुन्।

कञ्चनपुरको कृष्णपुर–८ का ओझाले व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषणमा विशेषज्ञता हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS