IME Life New

बीमा प्राधिकरणकाे वेबसाइटबाटै बीमा कम्पनीविरुद्ध गुनासाे दर्ता गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीकाे सेवा सम्बन्धमा गुनासाे गर्ने प्रकृया सहज बनाउन प्राधिकरणकाे वेबसाइटबाटै गुनासाे गर्न सकिने सुविधा उपलब्ध गराएकाे छ। यसअघि ईमेल वा चिठ्ठी पत्रमार्फत् मात्र गुनासाे दर्ता गर्न सकिने व्यवस्था रहेकाेमा बीमित तथा सेवाग्राहीकाे सुविधालाई मध्यनजर गर्दै प्राधिकरणले वेबसाइटमार्फत् नै बीमितले गुनासाे दर्ता गर्न सक्ने सुविधा उपलब्ध गराएकाे हाे ।

प्राधिकरणकाे वेबसाइट काे गृहपृष्ठकाे माथिल्लाे भागमा राताे धर्काभित्र दायाँतर्फ राखिएकाे ग्रिभान्स ह्याण्डलिङ विकल्पमा थिचेपछि गुनासाे दर्ता गर्ने पेज देखा पर्छ । याे पेजमा सम्बन्धि बीमित वा सेवाग्राहीले व्यक्तिगत विवरण सहित विवादकाे विषय, बीमककाे नाम, विवादसँग सम्बन्धित कागजप्रमाणहरू प्रविष्ट गरेर गुनासाे दर्ता गर्न सक्नेछन् । यसरी दर्ता भएकाे गुनासाेकाे आधारमा निवेदकले प्राधिकरणकाे गुनासाे सुन्ने अधिकारीग प्राधिकरणकाे टेलिफाेन नम्बर मार्फत् सम्पर्क गरेर अध्यावधिक जानकारी प्राप्त गर्न सक्छन् ।

Esewa
Crest
Grievance Handling

ग्रिभान्स ह्याण्डलिङ शब्दकाे साटाे प्राधिकरणले वेबसाइटमा गुनासाे दर्ता शब्दकाे प्रयाेग गरेकाे अवस्थामा सर्वसाधारणलाई बुझ्न सहज हुनेथियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS