IME Life New

बीमा नियमावलीकाे मस्याैदाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतसँग छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणले प्रस्तावित बीमा नियमावली २०७९ को मस्यौदा सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेको छ। होटल क्राउन इम्पेरियलमा शुक्रबार अबेरसम्म आयोजित छलफल कार्यक्रममा प्रस्तावित मस्यौदाबारे निर्देशक सुशिल देव सुवेदीले प्रस्तुति गरेका थिए।

प्रस्तावित मस्याैदामा बीमा अभिकर्ताकाे कमिशन स‌ंरचनालाई यथावत राखिएकाे छ। नयाँ बीमा अभिकर्ताको न्यूनत्तम शैक्षिक योग्यता उच्च माध्यमिक तह (प्लस टु) तोक्ने सम्बन्धमा मस्याैदामा प्रावधान समेट्ने विषयमा छलफल भएको छ।

Esewa
Crest

प्राधिकरणले बीमा कम्पनीहरुबाट प्राप्त हुने बीमा नियमन शुल्क सम्बन्धित आर्थिक वर्ष भित्रै भुक्तानी गरिसक्नुपर्ने भएको प्रावधान नियमावलीमार्फत् ल्याउन लागेको छ। यसअघि आर्थिक वर्ष पुरा भएपछि असोज र पौष महिनामा नियमन शुल्क भुक्तानी गर्नुपर्ने प्रावधान थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS