IME Life New

बीमा नगर्दा हुवासिन सिमेन्टले व्यहोर्यो करोडौं घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालबाट फिर्ता जानेसम्मको तयारी गरेको धादिङको मलेखुमा निर्माणाधिन हुवासिन सिमेन्टले बीमा नगर्दा करोडौं क्षति व्यहोरेको र सोही क्षतिको कारण लगानी फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको खुलासा भएको छ ।

हुवासिन सिमेन्टले चिनियाँ लगानीको मेगा प्रोजेक्ट हो । कम्पनीले धादिङको मलेखुमा निर्माण गरेको करोडौं मूल्यका भौतिक संरचनाहरु गत असार अन्तिम साता आएको बाढीले बगाएको थियो । बीमा नगरेका कारण सो संरचना बगाएर भएको क्षति लगानीकर्ता आफैले व्यहोर्नु परेपछि तनाव उत्पन्न भई लगानी नै फिर्ता लैजानेसम्मको अवस्थामा पुगेकोमा अहिले पुनः सो सिमेन्टले काम सुरु गर्न लागेको छ ।

Esewa
Crest

कम्पनीले निर्माण गर्ने कम्पनी परिवर्तन गरी पुनः भौतिक संरचना निर्माण सुरु गर्न लागेको धादिङबाट पत्रकार रमेश आचार्यले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।यसअघि हुवासिन सिमेन्टको भौतिक संरचनाको निर्माणको जिम्मा पाएको हान्दान सिनोमा नामको निर्माण कम्पनीले चीन र नेपाल दुबैतर्फ बीमा नगरी काम गरेको खुलेको छ । बीमा नगरेका कारण बाढीले बगाएको भौतिक संरचनाको भुक्तानी गर्न कम्पनीले नमानेपछि विवाद भएको खुलेको छ । सन् २०१९ भत्रै निर्माण सम्पन्न गर्ने गरि तीब्र गतिमा काम गरिरहेको कम्पनीले बाढीको समस्या व्योहोरेपछि लगानी नै फिर्ता लैजानेसम्मको हल्ला चलेको थियो । अहिले लगानीकर्ता कम्पनीले पुनः अर्को कम्पनीलाई उद्योग निर्माणको जिम्मेवारी दिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा नेपालकै सबैभन्दा ठूलो लगानी करिब १५ अर्ब रुपैयाँमा स्थापना हुवासिन सिमेन्ट उद्योग स्थापना गर्न लागिएको छ । दैनिक ६० हजार बोरा उत्पादन क्षमताको सो सिमेन्ट उद्योग नेपालकै ठूलो हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS