IME Life New

बीमा धोकाधडीः फर्जी क्लेममा करोडौँ रकमको घोटाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा एक भारतीय युवक बीमा र टेलिफोन प्रदायक कम्पनीलाई ठगी गरेको अभियोगमा दोषी ठहर भएका छन्। ती युवकले करोडौँको ठगी गरेका हुन्।

भारतीय ३६ वर्षीय सन्दीप बेंगाराले यो सम्पूर्ण घोटाला नक्कली परिचयका माध्यमबाट गरेका हुन्। सन्दीपले नक्कली कागजात पेस गरेर सेलुलर डिभाइस बदल्न बीमा दाबी पेस गर्थे। पछि उनले ती डिभाइस अमेरिकाबाहिर बेच्ने गर्थे।

Esewa
Crest

न्यु जर्सी अधिवक्ताको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा न्युर्क निवासी सन्दीपलाई फेडरल कोर्टले यो मुद्दामा दोषी ठहर गरेको छ। अदालतको कागजातमा सन्दीप बेंगाराको धेरै नाम उल्लेख गरिएको छ। उनले विशाल रावल, विहान सेठ र सागर शर्माको नाम पनि प्रयोग गरेका छन्। सन्दीपले यो सम्पूर्ण घोटाला जुन २०१३ देखि २०१९ को बीचमा गरेका थिए।

अदालतको कागजातका अनुसार सन्दीपले अमेरिकी मेल सिस्टम र थर्ड पार्टी क्यारियरहरु प्रयोग गरेर सेलुलर फोन प्रदायक र बीमा कम्पनीहरुसँग ठगी गरेका थिए। बेंगारा र उनका दुई सहयोगीले नक्कली परिचयपत्र चोरी वा प्रयोग गर्ने गर्थे। यी पहिचान प्रयोग गरेर उनीहरुले हराएको, चोरी वा बिग्रिएको सेल फोन र अन्य डिभाइस रिप्लेसमेन्टका लागि बीमा कम्पनीहरुमा नक्कली दाबी दायर गर्ने गरेका थिए।

सन्दीप र उनका सहयोगीहरुले पूरा नेटवर्क तयार पारेका थिए। यस नेटवर्कअन्तर्गत नक्कली डिभाइस प्रतिस्थापन दाबी गरिएको थियो। यसका लागि केही मेलबक्स र स्टोरेज युनिटहरुको नेटवर्क तयार गरिएको थियो। रिप्लेसमेन्ट गर्नुपर्ने डिभाइस बेच्नुअघि यी साइटमा राखिन्थ्यो। पछि ती डिभाइस अमेरिका बाहिर बेचियो।

अदालतको कागजातमा धनञ्जय प्रताप सिंह र पराग भावसारलाई यस मुद्दामा अभियोग लगाइएको छैन। सन्दीपले ९० लाख डलर (लगभग ११९ करोड रुपैयाँ) मूल्यका सेलुलर डिभाइसहरु ठगी गरेका छन्। जुनपछि अमेरिका बाहिर बेचिएका थिए। मेल फ्रडको मामिलामा सन्दीपलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ। यसबाहेक उनलाई २.५ लाख डलर जरिवाना पनि हुन सक्छ। चोरीको सामान बेचेकोमा उनलाई अधिकतम ५ वर्ष जेल सजाय र २.५ लाख जरिवाना हुन सक्छ। सन्दीपलाई आउँदो अक्टोबरमा सजाय सुनाइने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS